एमालेको ह्विप : उपनिर्वाचनमा बादललाई मत दिनू

काठमाडौं। नेकपा एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा आफ्ना उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न ह्विप जारी गरेको छ। आज एमाले महासचिव ईश्वर पोखरेलद्वारा जारी एक विज्ञप्तिमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा मत दिन निर्देशन दिइएको हो। जेठ ६ गते हेटौंडामा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा पीसीआर परीक्षणको प्रमाण लिएर अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

सम्बन्धित सामग्री

कांग्रेसद्वारा यादवको पक्षमा मतदान गर्न ह्विप

नेपाली कांग्रेसले उपसभामुखका आफ्नो उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेको छ । माघ ७ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम उपसभामुखको निर्वाचनसम्बन्धि प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले उक्त बैठकमा कांग्रेसका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ …

काठमाडौं नछाड्न कांग्रेस सांसद्‍हरुलाई ह्विप

काठमाडौं, २७ पुष। नेपाली कांग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौं नछाड्न ह्विप जारी गरेको छ। सभामुख, उपसभामुखको निर्वाचन र भैपरी आउनसक्ने राजनीतिक परिस्थितिलगायतका कारण सांसद्हरुलाई माघ ९ गतेसम्म काठमाडौं नछाड्न पार्टीले ह्विप लगाएको कांग्रेस उपसभापति धनराज गुरुङ्‍ले रिपोर्टर्स नेपाललाई बताए। उनले भने, ‘यदि सांसद्हरुले विशेषकारण काठमाडौं उपत्यका बाहिर जानुपरे पार्टीलाई जानकारी दिएर मात्र जान भनिएको छ।’ प्रतिनिधिसभाको […]

एकीकृत समाजवादीले एमसीसीमा मतदान गर्न तत्काल ह्विप जारी नगर्ने

एकीकृत समाजवादीले प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप जारी गर्ने तयारी गरेको छैन । एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले एमसीसीको विपक्षमा उभिने निर्णय भए पनि सांसदहरूलाई विपक्षमा मतदान गर्न अहिले नै ह्विप जारी नगर्ने बताएका हुन् । ‘हामी अहिले नै ह्विप जारी गर्ने पक्षमा छैनौ, आवश्यक परे संसद् बैठक बस्नुअघि निर्णय लिन्छौं,’ न्युज कारखानासँग उनले भने ।पार्टीका उपमहासचि

अदालतको फैसलाले सांसदलाई ह्विप लगाउन रोकेको छैन : संविधानविद् अधिकारी

संविधानविद् डा. विपिन अधिकारीले अदालतले संविधानको धारा ७६ (५)को व्याख्या गर्दा ह्विप लगाउन नरोकेको बताएका छन् ।  आज ललितपुरमा आयोजित ‘संसदीय व्यवस्था र अदालतको फैसला’ विषयक ज्ञान गोष्ठीमा बोल्दै अधिकारीले भने, ‘संसदीय व्यवस्था भनेको ह्विपको व्यवस्था हो । राष्ट्रिय इस्यू वा अन्य अवस्थामा ह्विप लगाउने हो । ह्विप नलाएको अवस्थामा सांसद मन लागेको स्थानमा मत हाल्न पाउँछ ।’ ह्विप के मा लाग्छ के विषयमा लाग्दैन भन्ने प्रस्ट उल्लेख भएको उनले बताए । ह्विपको व्यवस्थालाई अदालतले कमजोर बनाएको भन्न नमिल्ने अधि...

नयाँ सरकार गठनका लागि समर्थन गर्न गण्डकी प्रदेशमा जनमोर्चाको ह्विप

पोखरा : गण्डकी प्रदेशमा नयाँ सरकार गठनमा सर्मथन गर्न राष्ट्रिय जनमोर्चाले ह्विप जारी गरेको छ। जनमोर्चाकी सचेतक पियारी थापाले ३ दलको गठबन्धनलाई समर्थन गर्न सोमबार ह्विप जारी गरेकी हुन्। प्रदेशमा नयाँ सरकार गठनको लागि निर्णायक भूमिकामा जनमोर्चा छ। तर, जनमोर्चाले सरकार गठबन्धमा सर्मथन गर्न आनाकानी गर्दै आइरहेको छ। प्रदेशमा रहेका…

पार्टीको ह्विप मान्नैपर्छ : प्रमुख सचेतक भट्टराई

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने सम्भावना नरहेको बताएका छन् ।आइतबार संघीय संसद भवन नयाँवानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीभित्र ह्विप लाग्ने र सांसदहरुले पार्टीको ह्विप मान्नुपर्ने संकेत गरेका हुन् ।उनले अन्य पार्टीलाई आफुहरुको ह्विप नलाग्ने भन्दै घुमाउरो शैलीमा कुनै पनि सांसदहरुले ह्पिव […]

नेपाल पक्षले पार्टीको ह्विप नमान्ने

काठमाडौं। माधवकुमार नेपाल पक्षले आजको संसद बैठकमा अनिवार्य उपस्थिति हुन गरेको पार्टीको ह्विप नमान्ने भएको छ। बैठकमा अनुपस्थित हुने निर्णय गरेसँगै उक्त समूहले पार्टीको ह्विप नमान्ने देखिएको हो। एमाले संसदीय दलले आफ्ना सदस्यहरुलाई अनिवार्य आजको बैठकमा उपस्थित हुन र प्रधानमन्त्रीले लिने विश्वासको मतको पक्षमा मत हाल्न ह्विप जारी गरिसकेको छ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्विप

काठमाडौँ। नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्विप जारी गरेका हुन् । कोभिड१९ का कारण प्रतिकूल […]

कर्णाली प्रदेशमा एमाले सांसदलाई ह्विप, के हो ह्विप भनेको ?

काठमाडौं। कर्णाली प्रदेशमा एमालेले आफ्ना सांसदहरुलाई मुख्यमन्त्रीविरुद्ध मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ। ह्विपलाई नेपालीमा कोर्रा अर्थात कोर्राले हान्नु भन्ने हुन्छ। संसदीय भाषामा ह्विप भनेको दलले जुन पक्षमा भनेको छ, त्यही पक्षमा मत हाल्ने बाध्यात्मक व्यवस्था हो। दलको ह्विप नमान्ने सांसदमाथि कारबाही हुन्छ।