कर्णाली प्रदेशमा एमाले सांसदलाई ह्विप, के हो ह्विप भनेको ?

काठमाडौं। कर्णाली प्रदेशमा एमालेले आफ्ना सांसदहरुलाई मुख्यमन्त्रीविरुद्ध मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ। ह्विपलाई नेपालीमा कोर्रा अर्थात कोर्राले हान्नु भन्ने हुन्छ। संसदीय भाषामा ह्विप भनेको दलले जुन पक्षमा भनेको छ, त्यही पक्षमा मत हाल्ने बाध्यात्मक व्यवस्था हो। दलको ह्विप नमान्ने सांसदमाथि कारबाही हुन्छ।