संविधानविद् डा. विपिन अधिकारीले अदालतले संविधानको धारा ७६ (५)को व्याख्या गर्दा ह्विप लगाउन नरोकेको बताएका छन् ।
आज ललितपुरमा आयोजित ‘संसदीय व्यवस्था र अदालतको फैसला’ विषयक ज्ञान गोष्ठीमा बोल्दै अधिकारीले भने, ‘संसदीय व्यवस्था भनेको ह्विपको व्यवस्था हो । राष्ट्रिय इस्यू वा अन्य अवस्थामा ह्विप लगाउने हो । ह्विप नलाएको अवस्थामा सांसद मन लागेको स्थानमा मत हाल्न पाउँछ ।’
ह्विप के मा लाग्छ के विषयमा लाग्दैन भन्ने प्रस्ट उल्लेख भएको उनले बताए । ह्विपको व्यवस्थालाई अदालतले कमजोर बनाएको भन्न नमिल्ने अधि...