एकीकृत समाजवादीले एमसीसीमा मतदान गर्न तत्काल ह्विप जारी नगर्ने

एकीकृत समाजवादीले प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप जारी गर्ने तयारी गरेको छैन । एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले एमसीसीको विपक्षमा उभिने निर्णय भए पनि सांसदहरूलाई विपक्षमा मतदान गर्न अहिले नै ह्विप जारी नगर्ने बताएका हुन् । ‘हामी अहिले नै ह्विप जारी गर्ने पक्षमा छैनौ, आवश्यक परे संसद् बैठक बस्नुअघि निर्णय लिन्छौं,’ न्युज कारखानासँग उनले भने ।पार्टीका उपमहासचि

सम्बन्धित सामग्री

कांग्रेसद्वारा यादवको पक्षमा मतदान गर्न ह्विप

नेपाली कांग्रेसले उपसभामुखका आफ्नो उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेको छ । माघ ७ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम उपसभामुखको निर्वाचनसम्बन्धि प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले उक्त बैठकमा कांग्रेसका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ …

प्रदेश १ : मुख्यमन्त्री आचार्यविरुद्ध मतदान गर्न कांग्रेसको ह्विप

विराटनगर : मुख्यमन्त्री भीमप्रसाद आचार्यविरुद्ध मतदान गर्न नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलले ह्वीप जारी गरेको छ।मुख्यमन्त्री आचार्यले गरेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई कांग्रेस संसदीय दलले ह्विप जारी गरेको हो।संसदीय दलका प्रमुख सचेत केदार कार्कीले जारी गरेको ह्विपमा लेखिएको छ। ‘मुख्यमन्त्री भीम आचार्यले संसदमा विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान हुने हुँदा नेपाली कांग्रेस संसदीय दलको निर्णयअनुसार विश्वासको मतको विपक्षमा मतदान गर्न हुन कांग्

कांग्रेस सांसदहरूलाई ह्विप जारी : 'माधव नेपाल पक्ष साथमै रहनेमा ढुक्क'

काठमाडौं : नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आज साँझ हुने विश्वासको मतदान प्रकृयामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। संसदीय दलको बैठकको सांसदहरुलाई ह्विप जारी गरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।  गठबन्धनमा रहेका दलहरूलाई पनि प्रधानमन्त्रीमा शेरबहादुर देउवाको पक्षमा मतदान दिन बैठकले आह्वान गरेको छ। विश्वासको मतदान प्रकृयामा नेकपा एमालेका…

एमालेको ह्विप : उपनिर्वाचनमा बादललाई मत दिनू

काठमाडौं। नेकपा एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा आफ्ना उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न ह्विप जारी गरेको छ। आज एमाले महासचिव ईश्वर पोखरेलद्वारा जारी एक विज्ञप्तिमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा मत दिन निर्देशन दिइएको हो। जेठ ६ गते हेटौंडामा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा पीसीआर परीक्षणको प्रमाण लिएर अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

बादललाई मतदान गर्न एमालेको ह्विप

नेपाल समाचारपत्र, काभ्रे नेकपा एमाले काभ्र्रेले वागमती प्रदेशअन्तर्गत राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा चुनाव चिह्नमा मतदान गर्न ह्विप जारी गरेको छ । अध्यक्ष अशोक ब्याञ्जुले शनिबार एक विज्ञप्ति जारी गरी ह्विप गर्नुभएको हो । मतदानमा जानुअघि कोरोना परीक्षण गरिसक्न र निर्वाचनको अघिल्लो दिन ५ गते नै हेटौंडा पुग्नसमेत विज्ञप्तिमा भनिएको छ । […]

बादललाई मतदान गर्न एमाले काभ्रेको ह्विप

मोतीराम तिमल्सिना, काभ्रे । नेकपा एमाले काभ्र्रेले बागमती प्रदेश अन्र्तगत राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवार तथा चुनाव चिन्हमा मतदान गर्न ह्विप जारी गरेको छ । अध्यक्ष अशोक ब्याञ्जुद्वारा जारी विज्ञप्तीमा मतदानमा जानु अघि कोरोना परिक्षण गरिसक्न र निर्वाचनको अघिल्लो दिन ५ गते नै हेटौडा पुग्न निर्देशन दिएको छ । विज्ञप्तीमा भनिएको छ–‘ […]

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्विप

काठमाडौँ। नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्विप जारी गरेका हुन् । कोभिड१९ का कारण प्रतिकूल […]

मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमाले कर्णाली प्रदेशको ह्विप

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न एमालेले सांसदलाई ह्विप जारी गरेको छ। एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टीका १९ जना सांसदलाई मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक गुलाबजंग शाहले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।बिहान ११ बजेबाट एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक दलका नेता यामलाल कँडेलको घरमा बसेको थियो। सचेतक शाहले पार्टीका सबै सांसद बैठकमा उपस्थित भएको जानकारी दिए।यता, नेपाली कांग्रेस कर्णाली प्

कर्णाली प्रदेशमा एमाले सांसदलाई ह्विप, के हो ह्विप भनेको ?

काठमाडौं। कर्णाली प्रदेशमा एमालेले आफ्ना सांसदहरुलाई मुख्यमन्त्रीविरुद्ध मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ। ह्विपलाई नेपालीमा कोर्रा अर्थात कोर्राले हान्नु भन्ने हुन्छ। संसदीय भाषामा ह्विप भनेको दलले जुन पक्षमा भनेको छ, त्यही पक्षमा मत हाल्ने बाध्यात्मक व्यवस्था हो। दलको ह्विप नमान्ने सांसदमाथि कारबाही हुन्छ।

कर्णालीमा मुख्यमन्त्रीविरुद्ध मत हाल्न एमालेले ह्विप जारी गर्ने

काठमाडौं। कर्णाली प्रदेश नेकपा एमालेको संसदीय दलको बैठक सुरु हुँदैछ। बैठक संसदीय दलको नेता यमलाल कँडेलको घरमा बस्न लागेको हो। बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री महेन्दबहादुर शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने तयारी रहेको कँडेलले बताए।