काठमाडौं नछाड्न कांग्रेस सांसद्‍हरुलाई ह्विप

काठमाडौं, २७ पुष। नेपाली कांग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौं नछाड्न ह्विप जारी गरेको छ। सभामुख, उपसभामुखको निर्वाचन र भैपरी आउनसक्ने राजनीतिक परिस्थितिलगायतका कारण सांसद्हरुलाई माघ ९ गतेसम्म काठमाडौं नछाड्न पार्टीले ह्विप लगाएको कांग्रेस उपसभापति धनराज गुरुङ्‍ले रिपोर्टर्स नेपाललाई बताए। उनले भने, ‘यदि सांसद्हरुले विशेषकारण काठमाडौं उपत्यका बाहिर जानुपरे पार्टीलाई जानकारी दिएर मात्र जान भनिएको छ।’ प्रतिनिधिसभाको […]

सम्बन्धित सामग्री

सत्तारुढकै असन्तुष्टिका बाबजुद बजेट पारित गर्ने तयारी

१२ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि सत्तारुढ दलकै असन्तुष्टि भए पनि पारित गर्ने तयारी भएको छ । मंगलबार साँझसम्म प्रमुख सत्ता घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएका छन् । तर सरकारमै सहभागी जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र […]

बच्चा लिएर संसद् भवन पुगिन् सांसद माया राई

काठमाडौं । नेपाली कांग्रेसका सांसद माया राई बच्चा बोकेर संसद् बैठकमा उपस्थित हुन पुगेकी छन्। सभामुखको निर्वाचनको लागि सबै सांसदलाई अनिवार्य उपस्थित हुन पार्टीबाट ह्विप जारी भएपछि बच्चा लिएर संसद् भवनमा पुगेकी हुन्। भोजपुरकी माया कांग्रेस केन्द्रीय सदस्य समेत हुन्। उनी आदिवासी जनजातितर्फ प्रतिनिधि सभा समानुपातिक सांसद बनेकी हुन्।

दुई घण्टाअघि नै संसद भवन पुग्न कांग्रेस सांसदलाई ह्विप

काठमाडौं, फागुन १५ । सत्तारुढ नेपाली कांग्रेसका सांसदहरु संसद भवनमा उपस्थित हुन थालेका छन् । कांग्रेसले पार्टीका सांसदलाई बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न जारी गरेको निर्देशन अनुसार सांसदहरू संसद भवन भित्र प्रवेश गरिरहेका छन् । आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेको थियो । […]

एमसीसीका कारण कांग्रेसको १६ मध्ये १० जिल्लाको अधिवेशन फेरि सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवशनअन्तर्गत गर्न बाँकी रहेका १६ जिल्लामध्ये १० जिल्लाको अधिवेशन फेरि सरेको छ । अधिवेशन हुन बाँकी सबै जिल्लामा फागनु १५ गते अधिवशेनको मितिको तोकिएको थियो । तर, कांग्रेस संसदीय दलले एमसीसीलाई लिएर सबै सांसदलाई संसद् बैठकमा उपस्थित हुन 'ह्विप' जारी गरेपछि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने जिल्लाको अधिवेशन सारिएको निर्वाचन...

कांग्रेस संसदीय दलको ह्विप– आजको संसद् बैठकमा अनिर्वाय उपस्थित हुनू

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले आजको प्रतिनिधिसभा बैठकमा आप्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ । संसद् भवन  बानेश्‍वरमा आज बसेको संसदीय दलको बैठले प्र्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने तय भएकाले अनिवार्य उपस्थित हुन निर्देशन दिइएको कांग्रेस नेतृ पुष्पा भुसालले जानकारी दिइन् । देउवाले बहुमतभन्दा पनि बढी...

कांग्रेस निष्कर्ष– एमाले र जसपाका बहुमत सांसदले विश्वासको पक्षमा मतदान गर्नेछन्

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमाले र जनता समाजवादी पार्टीका बहुमत सांसदले विश्वासको मतको पक्षमा मतदान गर्ने निष्कर्ष निकालेको छ । संसदीय दलको आज बसेको बैठकमा प्रमुख सचेतकसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरुलाई ह्विप जारी गर्दै प्रस्तावको पक्षमा जसपा, एमाले, राजमोलगायतका दलका सांसदले मतदान गर्ने बताए ।

कांग्रेस सांसदहरूलाई ह्विप जारी : 'माधव नेपाल पक्ष साथमै रहनेमा ढुक्क'

काठमाडौं : नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आज साँझ हुने विश्वासको मतदान प्रकृयामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। संसदीय दलको बैठकको सांसदहरुलाई ह्विप जारी गरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।  गठबन्धनमा रहेका दलहरूलाई पनि प्रधानमन्त्रीमा शेरबहादुर देउवाको पक्षमा मतदान दिन बैठकले आह्वान गरेको छ। विश्वासको मतदान प्रकृयामा नेकपा एमालेका…

धारा ७६ को (५) अनुसार सरकार गठन हुन दलको ह्विप लाग्दैन् : वरिष्ठ अधिवक्ता यादव

काठमाडौं, ९ असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाई जारी छ । आजदेखि सुरु भएको नियमित सुनुवाईमा सुरुमा अधिवक्ता खम्बहादुर खाँतीले बहस गरेका थिए । उनले राष्ट्रपति सेरेमोनियल किङ जस्तै भएकोले कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत लगेपछि सपथ गराउनुपर्थ्यो भनी तर्क पेस गरेका थिए । खातीले वैकल्पिक सरकार बन्ने निश्चित भएपछि दुराशयपूर्ण ढंगले संसद समेत विघटन […]

मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमाले कर्णाली प्रदेशको ह्विप

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न एमालेले सांसदलाई ह्विप जारी गरेको छ। एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टीका १९ जना सांसदलाई मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक गुलाबजंग शाहले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।बिहान ११ बजेबाट एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक दलका नेता यामलाल कँडेलको घरमा बसेको थियो। सचेतक शाहले पार्टीका सबै सांसद बैठकमा उपस्थित भएको जानकारी दिए।यता, नेपाली कांग्रेस कर्णाली प्