काठमाडौं : संघीय राजधानी काठमाडौंका सडक वर्षौंदेखि अलपत्र अवस्थामा छन्। उपत्यकाको बाहिरी चक्रपथ जोरपाटी–सुन्दरीजल, चाबहिल–साँखु, इमाडोल–सिद्धिपुर, गोदावरी खोला, लुभु, लामाटार, कर्म नासा खोला, हरिसिद्धि, गोदावरी कुण्डलगायत सडक खण्डका स्थानीयले वर्षौंदेखि हिलो,धुलोको सास्ती भोग्दै आएका छन्। मनसुन सुरु भएसँगै कालोपत्रेको पर्खाइमा रहेका उपत्यकाका सडक पानी जमेर पौडिन मिल्ने अवस्थामा छन्। हिउँदभरि धुलोको सास्ती खेपेका स्थानीयले