चार वर्षदेखि हुलाकी सडक निर्माण प्रभावित

महेन्द्रनगर, ३० चैत । कञ्चनपुरको दक्षिणी क्षेत्रमा निर्माणाधीन हुलाकी सडकको डेढ किलोमिटर सडक निर्माण चार वर्षदेखि अलपत्र छ । डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर सडकमध्ये ३६ किलोमिटर भने कालोपत्र भइसकेको छ । तीन चरणमा निर्माण भइरहेको उक्त सडकको पहिलो चरणअन्तर्गत (डोकेबजारदेखि बेलौरीसम्म)को निर्माण अन्तिम चरणमा भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले जनाएको […]

सम्बन्धित सामग्री

हुलाकी सडक सुस्त गतिमा

महेन्द्रनगर, २२ असार । कञ्चनपुरमा हुलाकी सडक सुस्त गतिमा निर्माण भइरहेको छ । झण्डै ६२ किलोमिटर लामो हुलाकी सडक निर्माण कम्पनीको बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको हो । ठेक्का सम्झौताको म्याद पटक थपिएको थियो । उक्त म्याद सकिन लागेको छ । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको २३ दशमलव पाँच किलोमिटर अझै कालोपत्र गर्न बाँकी छ […]

हुलाकी सडक निर्माण असार १५ सम्म सम्पन्न गर्ने निर्णय

हुलाकी सडक निर्माणको लागि पटक पटक आन्दोलन हुँदै आएको सर्लाहीमा हुलाकी सम्बन्धी सम्पूर्ण समस्या असार १५ सम्म पूर्ण रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ।...

हुलाकी सडक निर्माण सुस्त

जिल्लाको कालाकाटेदेखि राजपुरसम्मको ४० किलोमिटर हुलाकी सडक निर्माणको कामले अपेक्षित गति लिन सकेको छैन । सडक निर्माणको काम कछुवा गतिमा छ । कालाकाटेदेखि गढवा र गढवादेखि राजपुरको दुईवटा ठेक्कामा निर्माण हुन लागेको सडकमा कालाकाटेदेखि गढवाको ठेक्काको सडक त झन सुस्त छ । अहिलेसम्म कालाकाटेदेखि गढवासम्मको २० किमि सडकको कामको प्रगति ३५ प्रतिश मात्रै भएको छ […]

जामुनगाछी–केशलिया हुलाकी सडक निर्माण सुस्त

मोरङ – विराटनगरमा लामो समयदेखि निर्माणाधीन हुलाकी सडक निर्माण ढिलासुस्ती हुँदा सर्वसाधारण समस्यामा परेका छन्। हुलाकी सडकमा पर्ने विराटनगरको जामुनगाछीको गणेश मन्दिरदेखि केशलिया पुलसम्म सडक निर्माण ढिलोगतिमा हँुदा समस्या भएको भन्दै स्थानीयले कहिले सवारी आवागनमा अवरोध त कहिले नेता प्रवेश निषेध ब्यानरमा नाराबाजी गर्दै आएका छन्। वडा नम्बर–५ पुल्चोकका केशव अधिकारीले लामो समयसम्म बाटो नबन्दा […]

हुलाकी सडक बनाउनुपर्ने माग गर्दै सर्लाहीमा चक्का जाम

सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ६ मुसैलीका स्थानीयवासीले हुलाकी सडक निर्माण गर्नुपर्ने माग राखी बुधवार चक्का जाम गरेका हुन्।...

हुलाकी सडक निर्माण सुस्त

सर्लाही जिल्लाअन्तर्गत पर्ने हुलाकी सडक खण्डको निर्माण सुस्त भएको छ। निर्माण सुरु भएको वर्षौं भइसक्दा पनि काम सम्पन्न नहुँदा बनेका सडक पनि अहिले जीर्ण भइसकेका छन्।...

हुलाकी सडक निर्माण ढिलाइले नागरिकलाई सास्ती

तराई/ मधेसको लाइफलाइन मानिएको हुलाकी सडक निर्माणकार्य सुस्त हुँदा जनता निराश भएका छन् ।मधेसको सामाजिक आर्थिक विकाससँंग जोडिएको सर्लाही जिल्लामा पूर्व संग्रामपुरदेखि पश्चिम छतौना गाउँको बागमती नदी किनारसम्मको ४२ किलोमिटर हुलाकी सडक निर्माण कार्य समयमै पूरा नहुदा हिउँदमा धुलो र वर्षात्को समयमा हिलोबाट आमनागरिक पीडित हँुदै आएका छन् ।वि.सं २०७३ सालमा सर्लाहीको हुलाकी सडक पाँच […]

हुलाकी सडक निर्माण सुस्त

टीकापुर । कैलालीस्थित हुलाकी सडकखण्ड स्तरोन्नतिको काम शुरू भएको २३ महीना पुगिसक्दा पनि ३५ प्रतिशतभन्दा माथि नभएकामा स्थानीयवासीले गुनासो गरेका छन् । तीस महीनामा सम्पन्न गर्नुपर्ने सडक ३५ प्रतिशतमात्रै निर्माण भएपछि स्थानीयवासीले समयमै काम सक्न दबाब दिन थालेका छन् । स्थानीयवासी सुधा चौधरी सडक स्तरोन्नतिमा भइरहेको ढिलाइबारे निर्माण कम्पनीलाई कडाइ गर्न आवश्यक रहेको बताउँछिन् । ‘जताततै सडक धुलाम्मे छन्, मानिसलाई आवतजावतमा समेत समस्या छ,’ उनले भने, ‘यसले मानिसलाई समस्या भएको छ । दुई वर्ष पुग्न लाग्दा पनि सडक पूरा नहुँदा नागरिकलाई कति सास्ती भएको छ भन्न सकिँदैन ।’ सम्झौता मितिअनुसार काम सम्पन्न गर्न अब सात महीनामात्र बाँकी छ । तीन नयाँ र दुई पुराना खण्ड गरी पाँच खण्डमा विभाजन गरेर काम भइरहेको छ । पुरानो खण्डको काम अन्तिम चरणमा पुगिसकेको भए पनि नयाँ खण्डको भने कामको प्रगति सन्तोषजनक नरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इञ्जीनियर पदम मडै बताउँछन् । ‘पुराना ठेक्का भएका सडकको काम सन्तोषजनक छ, विसं २०७७ मा भएका नयाँ ठेक्काहरूको प्रगति सन्तोषजनक छैन,’ उनले भने, ‘नयाँ ठेक्का भएका काममा ढिलाइ भइरहेको छ ।’ योजनाको काम समयमै सम्पन्न नहुँदा स्थानीय नागरिकदेखि निर्माण व्यवसायीलाई समेत घाटा हुने देखिन्छ । त्यस विषयमा आफूहरू पनि सचेत रहेको र निर्माण व्यवसायीलाई पटक–पटक ध्यानाकर्षण गराएको तथा कोरोना महामारीबाहेक अन्य बहानामा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने इञ्जीनियर मडैले बताए । ‘हामीले एकदम ताकेता गरेका छौँ, पटक–पटक छलफल गरेका छौँ, स्थानीय सरकारसँग पनि सहजताका लागि छलफल गरेका छौँ,’ उनी भन्छन्, ‘सडक निर्माणका लागि कुनै समस्या छैन, ढिलाइ हुनुमा निर्माण व्यवसायीकै कमजोरी छ । अब समयमै काम नगरेको दोष उहाँहरूले नै पाउनुपर्छ ।’ टीकापुर नगरपालिकाको सत्तीबाट धनगढी उपमहानगरपालिकाको क्याम्पस चोकसम्म १८ किलोमिटरबाहेक ४४ किलोमिटर सडकको स्तरोन्नतिका लागि ३० महीनाभित्र काम सम्पन्न गर्ने गरी स्वच्छन्द जोशी जेभीले काम गरिरहेको छ । स्वच्छन्द जोशी जेभीले रु ९७ करोड ५७ लाखमा २०७७ असारमा हुलाकी राजमार्ग निर्देशनालयसँग ठेक्का सम्झौता गरी काम शुरू गरेको हो । यो सम्झौताअनुसार निर्माण व्यवसायीले २०७९ पुस मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । तर, निर्माण कम्पनी स्वच्छन्द जोशी जेभीका सञ्चालक गणेश जोशीले भने आफूले ठेक्का सम्झौता गरिसकेपछि कोरोनाका कारण दुईपटक बन्द हुँदा काममा ढिलाइ भएको बताए । ‘समयमै काम सम्पन्न गर्न त सक्दैनौं,’ उनले भने, ‘काम सम्पन्न गर्न सम्झौता मितिमा एक वर्ष समय थप्न आवश्यक छ । हामी म्याद थपका लागि अनुरोध गर्छौं ।’ रासस

हुलाकी सडक निर्माणमा दुई वर्षदेखि भारतको अवरोध

कञ्चनपुर बेलौरि नगरपालिका वडा नं ८ पचुँइमा एक हजार छ सय मिटर जमिनलाई आफ्नो भन्दै भारत पक्षले दुई वर्षदेखि हुलाकी सडक निर्माण गर्न दिएको छैन। भारतीय प्रहरी एसएसबीले नेपालको जमिन आफ्नो दाबी गर्दै सडक निर्माण गर्न नदिएको हो।...