राजधानीका सडक : कुनै ७ वर्षदेखि जीर्ण, कुनै पिच भासिने

काठमाडौँ : सबैलाई लाग्न सक्छ- काठमाडौँ उपत्यकाको शहरी क्षेत्रमा चिरिच्याँट्ट सडक छन्‚ चिल्ला सडकमा सवारीसाधन गुड्छन्।यसरी सोचेजस्ता उपत्यकाका सडक न त चिल्ला छन् न समयमै मर्मत भएका छन्।७ वर्षदेखि ललितपुरकै ललितपुर महानगर-१४ स्थित स्वाभाहिटी नंखुडोल मार्ग अर्थात् महालक्ष्मी चोक–नख्खुपुल सडक जीर्ण छ‚ सडकमा खाल्डैखाल्डा छन्। धुलो त्यस्तै। यही सडकबाट स्थानीय र त्यहाँ बाटो हुँदै हिँड्ने सवारीचालक होस् या सर्वसाधारण‚ सबै आजित छन्। मर्मतमा