कोरोना भाइरसका कारण यसैबीच सरकारले बन्दाबन्दी गर्यो। मिनाको ज्यालादारी काम गुम्यो। उनलाई ६ जनाको परिवार धान्न धौँ धौँ छ। यता नगरपालिकाले राहत वितरण गर्छ। उपस्थित सबैले पाउँछन् तर मिनाले पाउदिनन्। 'राहत किन नदिएको?' भन्ने प्रश्न लिएर उनी नगरपालिका जान्छिन्। एकल महिलाको भत्ता खानेलाई राहत दिन मिल्दैन भन्ने जवाफ आउँछ।