म्याग्दी : जिल्लाको सदरमुकाम बेनीबजारसँगै जोडिएको गाउँ हो, बगरफाँट। बेनी नगरपालिका वडा नं २ मा पर्ने यो गाउँमा जनजातिको बाहुल्य छ। त्यही समुदायमा केही दलित परिवार पनि बस्दै आएका छन्। ती दलित समुदायका व्यक्ति आ–आफ्नो पेशामा रमाएका छन्। कोही बाजा बजाउने पेसा अपनाउँछन्, कोही आरनमा सीप देखाउँछन् त कोही ज्याला मजदुरी गरेरै भए पनि परिवारको राम्रो व्यवस्थापन गरेका छन्। तर, त्यही समुदायमा बस्ने ६१ वर्षीय भीमबहादुर विकको कथा बेग्लै छ। विकको दिनचर्या गाउँका अधिकांश डाँडाकाँडा दगु