मायादेविका समुदायमा सचेत गराउन १७ युवा तयार

कपिलवस्तु । दलित समाजिक विकास केन्द्रको आयोजना र यु एम एनको सहयोगमा ५ दिने अभिभावक शिक्षा सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । होटेल पौवा गोरुसिङ्गेमा आयोजित कार्यक्रममा १७ जनाको सहभागिता रहेको थियो । परिवर्तनका लागि वालवालिका, युवा तथा समुदाय (सिवाईसिसि) परियोजना अन्तरगतका स्वयम्सेवक र सामुदायिक परिचालकको सहभागिता रहेको थियो । संस्थाले मायादेवि गाउँ […] The post मायादेविका समुदायमा सचेत गराउन १७ युवा तयार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नसर्ने रोगबारे समुदायमा सचेतना फैलाउँदै महिला स्वास्थ्य स्वयंसेविका

नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो। पालिकाले एक सय २० स्वयंसेवक महिलालाई तीन÷तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ।

नसर्ने रोगबारे समुदायमा सचेतना फैलाउँदै महिला स्वास्थ्य स्वयंसेविका

नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो। पालिकाले एक सय २० स्वयंसेवक महिलालाई तीन÷तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ।

एक अर्ब लागतको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनामा १२ वर्षमा सकियो

बनेपा नगरका घरमा हाल दैनिकजसो चौबिसै घण्टा खानेपानी आउन थालेको छ । परीक्षणका क्रममै रहेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पानी निरन्तर आउन केही महिना लाग्नेछ । काभ्रेपलाञ्चोकको तीन पुराना नगर बनेपा, धुलिखेल र पनौती समेटिएको यस आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको छ । आयोजना सम्पन्न भएपछि तीन नगरका करिब ९३ हजार बासिन्दाले निरन्तर खानेपानी पाउनेछन् । गत वर्षको चैतसम्ममा तीनै नगरमा स्थानीयका घरघरमा चौबिसै घण्टा स्वच्छ खानेपानी खानेपानी पुर्‍याउने लक्ष्य लिइए पनि केही प्राविधिक समस्याका कारण केही समय लम्बिएको छ । तीन नगरका नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब १२ वर्षअघि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया शुरू गरिएको थियो ।  सन् २०१० अक्टोबर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब रु एक अर्बमा सम्पन्न हुने जनाइएको छ ।      बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्यले केही महिनामा आयोजनाको काम पूर्णरुपमा सम्पन्न हुने बताए । “हामी प्राविधिक रुपमा समस्या देखिएका स्थानको पहिचान गर्दै पानी वितरण परीक्षण पनि गर्दैछौँ, आयोजनाको काम छिट्टै सक्ने आयोजनामा छौँ”, उनले भने। उनका अनुसार ठेकेदार कम्पनीको लापरबाहीका कारण पनि आयोजनाको काम लम्बिएको हो । ठेकेदारबाट निरन्तरण काम हुनसके चार महिनाको अवधिमा आयोजना सम्पन्न हुने शाक्यको भनाइ छ । योजनाको भण्डारण ट्याङ्की निर्माण र पाइप ओछ्याउने लगायतका भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षणस्वरुप हालै पनौतीको शारदादेवीस्थानमा पानी पुर्‍याइएको छ भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने भइरहेको छ । मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको छ । आयोजना सम्पन्न भएपछि तीन नगरमा पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाइने धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जु बताउँछन्। “अब केही महिनामा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदैछन्, यो निकै सुखद विषय हो”, उनले भने।  उनका अनुसार यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाका रुपमा हेरिएको छ । उता पाँचखाल नगरमा सात हजार परिवारलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ शुरू गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्र गति दिइएको छ । आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र नगरका सात हजार घरमा खानेपानी पुर्‍याउने लक्ष्य लिइएको हो । परियोजनाको २०७६ साल भदौ १२ गते २०७९ पुस महिनाभित्र सक्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिए पनि कोरोना महामारीलगायत सामग्री अभाव तथा विविध कारणले एक वर्ष समयावधि थपिएको हो । नगरको १३ मध्ये १० वटा वडाका लागि यस खानेपानी आयोजना सञ्चालनार्थ रु एक अर्ब ३४ करोड ६६ लाखमा हुवाई कन्काई जेभीसँग सम्झौता भएको थियो । आयोजना सम्झौताको सर्तानुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका थिए । हाल खानेपानी आयोजनाको काम ८५ प्रतिशत काम सकिएको जनाउँदै केही स्थानमा पानी परीक्षणसमेत गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार योजना प्रारम्भिक लक्ष्यअनुसार प्रतिसेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ । प्रतिघण्टा तीन लाख दुई हजार चार सय लिटर पानी तान्न सहज ढङ्गबाट सकिने भएको छ । यस्तै दैनिक लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो । हालको अवस्थामा प्रतिधारा दैनिक एक हजार एक लिटर पानी आउने छ । दैनिक प्रतिव्यक्ति एक सय ९२ दशमलव पाँच लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको छ । काभ्रेपलाञ्चोकमा सञ्चालित अर्को ठूलो तेमाल बृहत् खानेपानी आयोजनाद्वारा तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याइँदैछ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन नसक्दा आयोजना करिब एक वर्ष धकेलिएको छ । हाल पाइपलाइन विस्तार तथा धारा जडानका काम भइरहेको तथा अबको तीन महिनापछि घरघरमा खानेपानी पुर्‍याउने गरी आयोजनाको अन्तिम चरणका काम भइरहको समितिले जनाएको छ । “आउँदो चैत महिनाभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको छ”, समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भने। प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ । हाल तेमाल गाउँपालिका–१ सस्युखर्क र आधावाट, वडा नं ७ को चापखोरी र वडा नं ५ को याङ्वेल तथा नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालीमाटीका करिब नौ सय घरमा खानेपानी पुर्‍याइएको लामाले बताए । तेमाल क्षेत्रका नौ हजार तीन सय १० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । साथै, रोशी गाउँपालिका–७ कटुञ्जेस्थित एक सय १० घरपरिवारका लागि एक महिनाभित्रै उक्त आयोजनाको खानेपानी वितरण गरिने तयारी भएको उनले जानकारी दिए । याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ । तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौवटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिका–७ का बासिन्दाले यस आयोजना खानेपानी उपभोग गर्न पाउने भएका हुन् । विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजना खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको थियो । आयोजनाअन्र्तगत दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनेको छ । यसैगरी खानेपानीको चरम अभावमा झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा इन्द्रावती नदीको पानी पुर्‍याइँदैछ । लिफ्टिङ प्रविधिमार्फत खानेपानी उपलब्ध गराउन लागिएको उक्त आयोजनाको २०७८ असारमा निर्माणको काम शुरू गरिएको थियो । आयोजनाको हाल ७५ प्रतिशत काम सकिएको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले बताए । आयोजना तीन वर्षमा सक्ने समयसीमा निर्धारण गरिए पनि यसै वर्षभित्र सक्ने देखिएको छ । आयोजनाका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौवटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । प्राविधिकका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्ववेयर ट्याङकीमा प्रतिसेकेण्ड १३ दशमलव शून्य पाँच लिटर पानी खस्नेछ । गोरखा भूकम्पले पानीका मूल सुकाएपछि खानेपानीको समस्या झेलिरहेका यहाँका बासिन्दाले केही महिनामै खानेपानी अभावबाट उन्मुक्ति पाउने अपेक्षा गरिएको छ । यस्तै यही साउन दोस्रो साता जिल्लाको बेथानचोक गाउँपालिका–६ स्थित भुग्देउमा पाँच सय परिवारलाई ‘एक घर एक धारा’ कार्यक्रममार्फत घरघरमै खानेपानी उपलब्ध गराइएको छ । महाङ्कालचौर खानेपानी तथा सरसफाइ र थिङछाप खानेपानी आयोजना सम्पन्न भएपछि करिब दुई हजार पाँच सय स्थानीयले घरमै खानेपानी पाएका हुन् । दुई आयोजना बेथानचोक गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को साझेदारीमा निर्माण सम्पन्न भएका हुन् । गत फागुनमा बेथानचोक गाउँपालिका–६ मा सिउरानीमा समुदायमा हस्तान्तरण गरिएको भञ्जायाङखर्क खानेपानी आयोजनाबाट दुई सय २३ घरपरिवारका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । जिल्लामा हाल पाँच ठूला खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । केही भर्खरै सञ्चालनमा आएका र केही निर्माण अन्तिम चरणमा पुगेका सबै खानेपानी आयोजनाको स्रोत नदी–खोला नै हुन् । नदी–खोला किनारमा ठूला इनार बनाई पानी सङ्कलन गर्ने र ‘लिफ्टिङ’ प्रविधिमार्फत डाँडामा तानेर बस्तीमा वितरण गर्ने गरी आयोजनाका भौतिक पूर्वाधार निर्माण भइरहेका छन् । गोरखा भूकम्पका कारण जिल्लामा खानेपानीका मूल सुकेपछि नदी–खोला नै खानेपानीको स्रोत बनाइएको हो । प्रत्येक आयोजनामा पानी प्रशोधन केन्द्रका छुट्टाछुट्टै पूर्वाधार निर्माण भइरहेका छन् । हाल काभे्रपलाञ्चोकको पाँच ठूला खानेपानी आयोजनामध्ये तीन नगरका लागि सञ्चालित काभ्रे उपत्यका बृहत् खानेपानी आयोजनालाई भने पानी लिफ्ट गर्नु पर्दैन । उक्त आयोजनाका लागि पनौतीमा रहेका गुड्गुडे, खारखोला, वैरामहादेव र मूलडोल तथा बनेपाको शशीपानी खानेपानीको स्रोत हो । नमोबुद्ध नगरपालिकाको ७, ८ र ९ वडाका लागि थालिएको काशीखण्ड बृहत् खानेपानी आयोजनाको खानेपानीको स्रोत रोशी खोला हो । उक्त खोलाबाट लिफ्टिङमार्फत छ दशमलव पाँच किलोमिटरको दूरीको डराउनेपोखरीस्थित तल्लो हटिया कालीकुवामाथि डाँडामा दुई लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण हुनेछ । सोही ट्याङ्कीबाट खानेपानी वितरण हुने योजना बनाइएको हो । रु १८ करोड ४७ लाखमा सम्झौता भएको यस आयोजनामार्फत तीन वडाका एक हजार पाँच सय घरपरिवारलाई खानेपानी उपलब्ध गराइने योजना रहेको आयोजनाका अध्यक्ष मनोज अधिकारीले जानकारी दिए । यस्तै १० वडाका सात हजारलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ शुरू गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पानीको स्रोत इन्द्रावती नदी हो । भुम्लु गाउँपालिका–१० विमिरेस्थित उक्त नदी किनारमा इनार निर्माण गरिएको छ । सोही इनारमा सङ्कलित पानी लिप्mिटङ प्रविधिमार्फत पाँचखाल ल्याइने भएको हो । त्यस्तै तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याइने उद्देश्यका साथ सात वर्षअघि भूकम्पपछि शुरू गरिएको तेमाल बृहत खानेपानी आयोजनाको खानेपानीको स्रोत सुनकोशी नदी हो । खानेपानीको चरम अभावमा झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा खानेपानी पानी पुर्‍याउन पनि इन्द्रावती नदीको पानी लिफ्टिङ गर्न लागिएको हो । नगरका पाँच हजारभन्दा बढीलाई हाल १० नं वडास्थित थामडाँडामा निर्माण गरिएको मुख्य ट्याङ्कीमा वडास्थित इन्द्रावती नदीको नारिमखर्क र ७ नं को सोतेमा पानी खसालिने योजना बनाइएको छ । यसअघि विभिन्न सङ्घसंस्थाबाट खानेपानी आयोजना निर्माण भएको र हाल सञ्चालित ठूला खानेपानी आयोजना पूर्णरुपमा सम्पन्न करिब ८० प्रतिशतका घरमा स्वच्छ खानेपानी पुग्ने आँकलन गरिएको छ । “करिब ८० प्रतिशतका घरमा खानेपानी पुगिसकेको छ, बाँकी रहेकाको अनुगमन निरीक्षण गरी योजना बनाइनेछ”, काभ्रेपलाञ्चोकका सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने। उनका अनुसार केही आयोजना मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने सकिने पनि छन् । वर्षायाममा खानेपानी आयोजनाबाटै वितरित खानेपानी दूषित हुने हुँदा वर्षेनी समस्या हुुँदै आएको छ । अहिले काभ्रेपलाञ्चोकको ६० प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट जिल्लाको विभिन्न स्थानीय तहका खानेपानी आयोजनाका परीक्षण गर्दा करिब ६० प्रतिशत दूषित भएको पाइएको छ । परीक्षण गरिएका सबै खानेपानीमा दिशाजन्य किटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको कार्यालयका प्रमुख डा.पुरुषोत्तम सेडाईंले बताए । “जिल्लाको आधा स्थानीय तहमा गरिएको खानेपानी परीक्षणबाट सबै खानेपानी दूषित पाइएको छ”, सेढाईंले भने। अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीको स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको छ । खानेपानी दूषित हुने समस्या अझै केही समय रहने भएकाले सचेत रहन आग्रह गरिएको छ । कार्यालयले जोखिममा द्रूत प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको जनाएको छ । दूषित पानीका कारण हैजा सबै उमेर समूहलाई हुने भएपनि बालबालिका, गर्भवती तथा वृद्धवृद्धा बढी जोखिममा पर्ने भएकाले सजग रहन विशेष अपिल गरिएको हो । रासस

मनाङमा नागरिक सुनुवाइ

मनाङ । हिमाली जिल्ला मनाङमा नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा नासो गाउँपालिका–१ तालमा समुदायमा प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले यस्ता कार्यक्रमले नागरिक र प्रहरीबीच समन्वय गराउन मद्दत पुग्ने बताइन् । नागरिक र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाउन कार्यक्रम गरिएको उनको भनाइ छ । प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले समुदाय र प्रहरीबीच सम्बन्ध जोडिएकाले नागरिकलाई सचेत गराउने तथा समन्वय गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । यसबाट सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको उनको भनाइ छ । ताल आमा समूहकी अध्यक्ष कान्छी गुरुङले मनाङलाई पक्की सडकसँग जोड्नुपर्ने बताइन् । गतवर्ष बाढीबाट पुगेको क्षतिको राहतका लागि पहल गर्न आग्रह उनले गरिन् । रासस

लघुवित्त सदस्य सम्मेलनको औचित्य

गत चैत महीनाको २८ र २९ गते स्वावलम्बन विकास केन्द्रको संयोजनमा काठमाडौंमा दुई दिने तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको आयोजना भयो । होटल याक एण्ड यतिमा सम्पन्न उक्त कार्यक्रममा लघुवित्त कार्यक्रमसँग आबद्ध करीब ६ सय महिला सदस्य र २०० लघुवित्त संस्थाका पदाधिकारी तथा नीतिनिर्माता गरी करीब ८ सय जनाको सहभागिता रहेको थियो । लघुवित्त कार्यक्रमको सान्दर्भिकता र आवश्यकतालाई मनन गर्दै यसको व्यापकतालाई बढाउँदै लैजाने उद्देश्यले प्रत्येक दुई दुई वर्षमा लघुवित्त सदस्य सम्मेलन आयोजना गर्ने नीति तय भए अनुरूप २०७३ र २०७५ मा राष्ट्रिय सदस्य सम्मेलन भएका थिए । विश्वव्यापी कोरोना महामारीका कारण तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन एक वर्ष ढिला गरी सम्पन्न भएको हो । सरोकारवालाहरूको वास्तविक भोगाइ, अनुभव र ज्ञानको आदानप्रदानले आगामी दिनमा निर्माण हुने नीतिगत व्यवस्था, निर्देशन र कार्यान्वयन तह बलियो र प्रभावकारी हुने भएकाले यस्ता कार्यक्रमको आयोजनाले यस क्षेत्रको दीगो विकास हुन्छ र स्थायित्व प्रदान गर्दछ । त्यसैले लघुवित्त क्षेत्रले अहिले भोगिरहेका र भविष्यमा आइपर्न सक्ने समस्याहरूको समाधान गर्न, यस क्षेत्रको वर्तमान अवस्था र विद्यमान नीतिनियम तथा निर्देशनको लेखाजोखा गर्न तथा लघुवित्त क्षेत्रको आगामी कार्यदिशा तय गर्न नियमनकारी निकाय, संस्था र सदस्य लगायतका सरोकारवाला बीच विस्तृत छलफलको निचोड प्रभावकारी बन्न सक्दछ । कमजोर आर्थिक अवस्था, न्यून चेतनास्तर र बेरोजगारीका कारण समुदायमा अपहेलित भएर विगतमा अत्यन्त कठिन जीवन यापन गर्न बाध्य लक्षित वर्गले लघुवित्त क्षेत्रसँग आबद्ध भएकै कारण आफ्नो आर्थिक अवस्था सुधार्न, गुणस्तरीय सामाजिक र मानवीय जीवन बिताउन सक्षम भएको वास्तविकताले लघुवित्त क्षेत्रको महत्त्वलाई प्रकाश पार्दछ । साथै, सहभागी अन्य सदस्यका लागि उत्प्रेरणाको स्रोत बन्दै आएको छ । चुल्होचौकामा सीमित महिला वर्गलाई वित्तीय सेवा प्रदान गरी स्वरोजगारमूलक व्यवसायी बनाउन लघुवित्त कार्यक्रमले प्रोत्साहित गर्दै आएको छ । चरम गरिबीका कारण अत्यन्त निम्न स्तरको जीवन यापन गर्न बाध्य महिला वर्गको उत्थानले मुलुकको निरपेक्ष गरिबी न्यून गर्न सहयोग पुग्ने भएकाले लघुवित्त कार्यक्रमले महिलालाई प्राथमिकता दिँदै आएको पाइन्छ । लघुवित्त वित्तीय संस्थाहरूसँग आबद्ध ५६ लाख सदस्य मध्ये महिलाको सहभागिता ९७.३१ प्रतिशत छ र बाँकी २.६९ प्रतिशत पुरुष सदस्य रहेका छन् । करीब ३२ लाख ऋणी सदस्यमा महिलाको संख्या ९७.३८ प्रतिशत र पुरुष सदस्यको संख्या २.६२ प्रतिशत रहेको पाइन्छ । त्यसैगरी सहकारी संस्थामा आबद्ध शेयर सदस्यमध्ये महिलाको आबद्धता पुरुषको भन्दा १२ प्रतिशत बढी हुनुले सहकारी संस्थाबाट सञ्चालित लघुवित्त कार्यक्रमले पनि महिला वर्गलाई नै प्राथमिकता दिएको पाइन्छ । नेपालमा लघुवित्त कार्यक्रम परम्परागत ढाँचामा सञ्चालन हुँदै आएको पाइन्छ । त्यसैले आगामी दिनमा यस क्षेत्रले समयानुकूल प्रविधिको प्रयोग गर्नुपर्ने, सदस्यलाई वित्तीय रूपले साक्षर बनाएर मात्र लघुवित्तीय कारोबारमा सहभागी गराउनुपर्ने, संस्थाहरूबीच अस्वस्थ्य प्रतिस्पर्धालाई निरुत्साह गर्दै कार्यक्रमको गुणस्तर कायम गर्नुपर्ने, न्यायोचित नाफालाई प्राथमिकतामा राख्नुपर्ने लगायतका विषयमा सहभागीको जोड रहेको थियो । सदस्यको हैसियत र आवश्यकताभन्दा बढी सजिलै प्राप्त गर्न सकिने कर्जा र बहुबैकिङका कारण ऋणी सदस्यमा  अनुत्पादक खर्च गर्ने बानीको विकास भई लघुवित्त क्षेत्रलाई संकटतर्फ धकेल्दै लैजाने सम्भावना पनि छ । त्यसैले नेतृत्व वर्ग, कर्मचारी र सदस्य स्वयंले यसतर्फ समयमा नै सचेत हुनुपर्ने सम्वन्धमा छलफल चलेको थियो । बहु बैकिङलाई नियन्त्रण गर्नका लागि कर्जा सूचना केन्द्रमा लघुवित्त संस्थाहरूको आबद्धता भए पनि सुचारु रूपले कार्य सम्पादन हुन नसकेकोमा सहभागीले चिन्ता व्यक्त गरेका थिए । ‘घर घरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊँ” भन्ने नाराका साथ शुरू भएको सम्मेलनले वर्तमान अवस्थामा तीन शून्यको अवधारणा, यसको महत्त्व र प्रवर्द्धनलाई सम्बद्ध संस्थाले योजनाबद्ध रूपमा समेट्नुपर्ने कुरालाई कार्यक्रमले महत्त्व दिएको थियो । तीन शून्य अन्तर्गत गरिबी, बेरोजगारी र हरित गृह ग्यास उत्सर्जनलाई शून्य बनाउनका लागि लघुवित्त संस्थाले भूमिका खेल्नुपर्नेतर्फ व्यापक रूपमा छलफल भएको थियो । कार्यक्रममा सहभागीमध्ये १५ जना सफल उद्यमी सदस्यहरूको अनुभव, अनुभूति र मनका कुराले कार्यक्रममा रौनक प्रदान गरेको थियो । विशेष गरी एकल महिला र कमजोर अवस्था भएका लक्षित वर्गको मेहनत, साहस र लघुवित्तीय सेवा उपयोग गरेका कारण उनीहरूको जीवनमा आएको सकारात्मक परिवर्तन समाजले हेर्ने दृष्टिकोणमा भएको परिवर्तन प्रत्यक्ष सुन्न पाउँदा सेवाग्राहीहरूमा थप हौसला मिलेको थियो । सम्मेलनमा सफल सदस्यलाई आफ्ना अनुभव शेयर गर्दै गर्दा कर्जाको सदुपयोग नगरेकै कारण सफलता प्राप्त गर्न नसकेका सदस्यलाई पनि कार्यक्रममा सहभागी गराउन सकेको भए उनीहरूलाई कर्जा सदुपयोग गर्नेतर्फ उत्साहित बनाउन सहयोग मिल्ने थियो । त्यसैगरी सदस्यको आर्थिक, सामाजिक र मानवीय हैसियत माथि उठिसकेको अवस्थामा पनि लघुवित्त संस्थासँगको निरन्तरको आबद्धताले नियामकीय व्यवस्थाको अनुपालना नभएको देख्न सकिन्छ । यसरी लघुवित्त क्षेत्रमा एकातिर स्तरोन्नति भएका सदस्यहरू लघुवित्त क्षेत्रमा नै आबद्ध भइरहने र अर्कोतिर अतिविपन्न वर्गले अझैसम्म लघुवित्तीय सेवाबाट वञ्चित रहनुपरेको अवस्था छ । त्यसैगरी सहकारी संस्थाले पनि लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको वर्तमान समयमा यसका नियामकीय निकायसँग सम्बन्धित नेतृत्व तहलाई पनि सहभागी गराउन सकेको भए कार्यक्रम थप उपलब्धिमूलक हुने अवस्था रहन्थ्यो ।   ठूलो संख्यामा लघुवित्तका सदस्यहरू समेत सहभागी हुने यस्ता सफल सम्मेलन बिरलै आयोजना हुने गरेको पाइन्छ । यसका लागि आयोजकको आँट र साहसलाई उच्च मूल्यांकन गरिनुपर्दछ । सदस्यहरूको अनुभव, अनुभुति र मनका कुराहरूलाई एकअर्कामा साटासाट गर्न पाउने र नियामकीय र व्यवस्थापकीय नेतृत्वले पनि प्रत्यक्ष सहभागी हुने भएकाले सदस्यहरूको अवस्था, चाहना र भावी कार्यक्रमहरूसँग सम्बन्धित रहेर नीतिगत व्यवस्थामा आवश्यकताअनुरूप परिमार्जन तथा थपघट गर्न पृष्ठपोषण मिल्ने देखिन्छ । साथै, भावी कार्यक्रमलाई अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने अवसर प्राप्त हुने गर्दछ । तसर्थ आगामी दिनमा आयोजना हुने यस्ता सम्मेलनले घरघरमा उद्यमशीलता भित्र्याएर दिगो, मर्यादित र अनुशासित लघुवित्ततर्फ थप जोड दिनुपर्ने देखिन्छ । लेखक लघुवित्त क्षेत्रका जानकार व्यक्ति हुन् ।

बालविवाह न्यूनीकरण सक्रिय गराउन किशोरी सम्मेलन

म्याग्दी । समाजका हुने बालबिवाह र गलत अभ्यास न्यूनीकरणमा किशोरीहरूलाई सचेत र सक्रिय बनाउन बेनीमा जिल्लास्तरीय किशोरी सम्मेलन गरिएको छ । संगम म्याग्दी, सामाजिक विकास कार्यालय, धौलागिरी गाउँपालिकासँग समन्वय र गल्स फस्ट फन्डको आर्थिक सहयोग जिल्लास्तरीय प्रथम किशोरी सम्मेलन गरिएको हो ।समुदायमा रहेका गलत अभ्यासहरूलाई न्युनीकरणमा किशोरीलाई सक्रिय गराउने उद्देश्यले २५ विद्यालयबाट १ सयभन्दा बढी […]

बालविवाह नियन्त्रण चुनौतीपूर्ण

बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ नारा समुदायस्तरमा व्यावहारिक परिपालना गराउन सरोकार निकायमा चुनौती देखिएको छ । जिल्लाका सचेत युवकयुवती, किशोरकिशोरी र बालबालिका संस्थागतरुपमा जनेतनामूलक कार्यक्रममा लागिपरे पनि विशेष गरी मुसलमान तथा मधेशी समुदायमा बालविवाह रोक्न सकिएको छैन ।