गोलबजार नगरपालिकाले दलित समुदायमा ५ हजार सुत्केरी भत्ता र ५ हजार किरिया खर्च दिने

सिरहाको गोलबजार नगरपालिकाका नव निर्वाचित मेयर श्याम कुमार श्रेष्ठले दलित समुदायका महिलाहरूलाई ५ हजार सुत्केरी भत्ता र ५ हजार किरिया खर्च तथा फुसका छाना भएका घरहरूलाई जस्ता पाताले विस्थापित गर्ने पहिलो निर्णय गरेका छन्। मेयर श्रेष्ठले आज शुक्रवार पदभार ग्रहण गर्दै नगर क्षेत्रमा रहेका फुसका छाना भएका घरहरूलाई जस्ता पाताले विस्थापित गर्ने, दलित समुदायका महिलाहरूलाई ५ हजार सुत्केरी भत्ता तथा दलित समुदायको व्यक्तिगत घटना जन्म, विवाह, मृत्यु दर्ता निःशुल्क गर्ने निर्णय गरेका हुन्।नगर क्षेत्रमा तत्काल