पर्वत : फलेवास नगरपालिका–८ ठानामौलास्थित अर्चलेकी ६५ वर्षीया शोभा विक करिब पाँच वर्षपछि ढुक्कले निदाएकी छिन्। २०७२ सालको भूकम्पले घर भत्केपछि जस्तापाताले बारेको अस्थायी टहरामा बस्दै आएकी उनी अहिले देख्दैमा लोभ लाग्दो घरमा सरेकी छिन्।‘भूकम्पले घर भत्काएसी अलि दिन स्कुलमा बसियो। पछि भत्केकै घरका छेउमा टिनको छाप्रो हालेर बसियो। छाप्रामा बस्दा बेस्सरी डर लाउनी फेरि। सर्पको उस्तै डर‚ बाढी पहिरोको पनि समस्या‚’ उनले भनिन्, ‘अहिले सबैका घर एकै ठाउँमा बनेसी ढुक्कले बसि