लिदी पहिरो पिडितकाे उद्धारमा जुट्न प्रचण्डको आग्रह

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोका कारण शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा १३ घर पुरिँदा ठूलो मानवीय र धनमालको क्षति भएको घटनाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्तब्ध बनाएको बताएका छन् । ‘उक्त पहिरोमा परी ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ ।’ प्रचण्डद्धारा जारी विज्ञप्तीमा …

सम्बन्धित सामग्री

लिदी पहिरो विस्थापितलाई जग्गा हस्तान्तरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरो गएको २९ महीनापछि विस्थापितहरूलाई जग्गा प्रदान गरिएको छ । लिदी पहिरोबाट विस्थापित भएका ४१ परिवारका लागि १ करोड २३ लाख रुपैयाँ बराबरको जग्गा खरीद गरी मंगलवार जग्गाधनी पुर्जा वितरण गरिएको हो । विस्थापितलाई सुरक्षित स्थानान्तरण गर्ने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिका–४ देउरालीमा जग्गा व्यवस्थापन गरी पुर्जा वितरण गरिएको जुगल गाउँपालिकाले बताएको छ । ४१ परिवारलाई ३ लाख रुपैयाँको दरले १२ देखि १३ आनासम्म जग्गा वितरण गरिएको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले बताए । २०७७ साउन ३० गते लिदीमा गएको पहिरोबाट २०९ घरधुरी विस्थापित भएका थिए । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाले ४१ घरधुरीलाई कुभिण्डेमा नयाँ बस्ती विकास गर्नेगरी राज्यले औपचारिक रूपमा जग्गाधनी पुर्जा दिएको बताए । ‘२०९ घरधुरीमध्ये ६४ घरधुरीलाई बाँसखर्क, ४१ घरधुरीलाई कुभिण्डे, २७ घरधुरीलाई चनौटे र ७५ घरधुरीलाई लिदीको सिमलडाँडामा व्यवस्थापन गर्ने योजना अनुरूप जग्गाधनी पुर्जा वितरण गरिएको हो,’ सांसद सापकोटाले भने । जुगल गाउँपालिकाको उद्देश्य अनुसार अब आयआर्जन, स्वरोजगार, आर्थिक जीवनस्तरमा पनि सहयोग हुनेगरी विस्थापितलाई स्थापित गर्नुपर्ने उनले बताए । जग्गाधनी पूर्जा वितरण कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा, पूर्व नगरप्रमुख अमानसिं तामाङ, स्थानीय जनप्रतिनिधि र पहिरो विस्थापितहरूको उपस्थिति थियो । विस्थापित सबै परिवारलाई जग्गा प्रदान गरी आवास बनाउने काममा स्थानीय सरकार जुटिरहेको जुगल गाउँपालिकाले बताएको छ । लिदी पहिरोमा परी ३९ जनाको मृत्यु भएको थियो भने ३४ घरमा क्षति पुगेको थियो ।

स्थायी आवासको पर्खाइमा लिदी पहिरो प्रभावित

सिन्धुपाल्चोक : गत वर्ष साउनमा गएको पहिरोबाट प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीका बासिन्दा स्थायी आवासको पर्खाइमा छन्।उनीहरूले सहयोगका लागि विभिन्न संघसंस्थासँग आग्रह समेत गरिरहेका छन्।पहिरो गएको डेढ वर्ष बित्न लाग्दा समेत उनीहरूले स्थायी आवास पाउन सकेका छैनन्। पहिरोले २९ घर क्षति हुँदा ३९ जनाको ज्यान गएको थियो। बाँकी रहेका घर पनि पहिरोको उच्च जोखिममा छन्।उनीहरू त्यहाँबाट विस्थापित भएर करिब १२० परिवार जुगल–१ को बाँसखर्कमा अस्थायी टहरोमा बसिरहेका छन्। करिब ९० परिवार भने

लिदी पहिरोपीडित वर्षपछि अस्थायी आश्रयस्थलमा

२०७७ साउन ३० गते ३९ स्थानीयको ज्यान लिएको जुगल गाउँपालिका–१ का लिदी पहिरो पीडितले एक वर्षपछि अस्थायी आश्रयस्थल पाएका छन्। पक्की संरचना बराबरकै जस्ता र ट्रसको टहरो पाउँदा उनीहरु दंग छन्।...

लिदी पहिरो पीडितलाई एक वर्षपछि बल्ल अस्थायी टहरा, गुजाराको चिन्ता

२५ साउन, सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२, लिदीमा ३० साउन २०७७ मा गएको पहिरोले नेमा छिरिङ दोङको परिवारका तीन सदस्यलाई मात्र लगेन, १५ रोपनी घरखेत पनि सखाप पार्‍यो । श्रीमती धनमाया, छोरा रोनिस र आमा बाङ्जी लामा दोङलाई पहिरोले लगेपछि उनी विक्षिप्त बनेका थिए । न घरखेत बाँकी थियो, न परिवार नै । तर ३० जनाको […]

लिदी पहिरोबाट विस्थापितलाई एक वर्षपछि अस्थायी आवास

जुगल (सिन्धुपाल्चोक) : पहिरो चलेर घरबारविहीन भएको एक वर्षपछि बल्ल फलाम गाडेर जस्ताले घेरिएको अस्थायी आवासमा बस्न पाउँदा निशामाई तामाङ खुशी भएकी छिन्‌।लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित जुगल हिमालको काखमा रहेको मञ्जु देउराली सामुदायिक वनको चिसो आश्रयस्थलमा एक वर्षपछि न्यानो घर पाउँदा खुशी भएको उनको अनुहारबाटै बुझ्न सकिन्छ। पहिरोले श्रीमान्, छोरा, नाति, नातिनासहित परिवारका आठ सदस्य गुमाएकी तामाङको आलो घाउमा अस्थायी आवासले केही न केही मल्हमपट्टीको काम गरेको छ। जुगल गाउ

तस्वीर : लिदी पहिरो प्रभावितका लागि हस्तान्तण गरिएको अस्थायी आवास

जिल्ला विपद् व्यवस्थापन समितिको समन्वय, नेपाली सेनाको जनशक्ति सहयोग, विभिन्न संस्था तथा व्यक्तिसँगको सहकार्यमा जुगल गाउँपालिकाद्वारा बाँसखर्कमा निर्मित अस्थायी आवास आइतवार लिदी पहिरो प्रभावित परिवारका लागि हस्तान्तण । ३१ आवास स्थल, १ सामुदायिक भवन, ७ शौचालय, १ स्नान गृह हस्तान्तरण गरिएको छ । तस्वीर : रासस

लिदी पहिरोपीडितलाई एक वर्षपछि अस्थायी घर

सिन्धुपाल्चोक : जुगल गाँउपालिका–२ लिदीमा पहिरोबाट विस्थापित २०९ परिवारमध्ये ३१ परिवारले एक वर्षपछि अस्थायी घर पाएका छन्। विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा प्राप्त सामग्रीबाट नेपाली सेनाले अस्थायी घर निर्माण गरेको हो।२०७७ साउन ३० मा पहिरो झर्दा ३४ वटा घर पुरिएको थियो। घर पुरिँदा ३९ जनाको मृत्यु भएको थियो। पहिरोले गाउँ नै जोखिम भएपछि २०९ परिवार विस्थापित भई जुगल–१ बाँसखर्कमा बसोबास गरिरहेका छन्।बाँसखर्कमा अस्थायी आवास निर्माणका लागि पहिलोपटक सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरु

लिदी पहिरो प्रभावितले पाए अस्थायी आवास

साउन २४, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा एक वर्ष अघि गएको पहिरोबाट विस्थापित बनेकाहरुले अस्थायी आवास प्राप्त गरेका छन् ।  ७८ लाख २८ हजार ७५३ रुपैयाँ लागतमा अस्थायी आवास निर्माण गरिएको हो । सो लागतमा ३१ ओटा आवास भवन, ७ ओटा शौचालय, एउटा हेल्थ पोष्ट भवन, एउटा क्यान्टिन र एउटा स्नानगृह निर्माण गरिएको जुगल गाउँपालिका–२ का वडा अध्यक्ष प्रताप लामाले बताए । प्रति घर २ लाख ५२ हजार ५३९ रुपैयाँ लागतमा निर्माण गरिएको हो । आइतवार एक कार्यक्रमबीच लिदी पहिरो प्रभावित परिवारका लागि जुगल गाउँपालिका–१ बाँसखर्कमा निर्मित अस्थायी आवास प्रभावितलाई हस्तान्तरण गरिएको छ । नेपाली सेना २६ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।  आवास नेपाली सेनाले निःशुल्क श्रमदानबाट निर्माण भएको हो । आवास निर्माणको लागि जुगल गाउँपालिका प्रकोप व्यवस्थापन कोषबाट  ५८ लाख २ हजार ४९ रुपैयाँ र विभिन्न संघसंस्था एवम् व्यक्तिहरुबाट २० लाख २६ हजार ६८६ रुपैयाँ बराबरको सहयोग प्राप्त भएको जुगल गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठले बताए । आवास निर्माण गर्दा २९ लाख ६ हजार ११२ रुपैयाँको २२ हजार ५२५ किलो फलाम, ७ लाख ४३ हजार ८७९ रुपैयाँको ५८ वण्डल जस्तापाता, १ लाख ६८ हजार ३७१ रुपैयाँको २३० बोरा सिमेण्ट प्रयोग गरिएको छ । १ लाख ४८ हजार रुपैयाँको गिटी, १ लाख ८० हजार रुपैयाको बालुवा, २५ हजार ५०० रुपैयाँको ढुंगा, ९६ हजार ५४८ रुपैयाँको इन्धन र ८ लाख ३१ हजार ३८५ रुपैयाँको ढुवानी, टुल्स लगायतमा खर्च भएको स्थानीय विपद् व्यवस्थापन समिति अध्यक्ष समेत रहेका पालिका अध्यक्ष श्रेष्ठले बताए । त्यस्तै स्काभेटरमा ९० हजार रुपैयाँ, झ्याल ढोकामा ४९ हजार २६८, विद्युत तथा शौचालय सामग्रीमा १ लाख ५७ हजार ८७५, मजदूर ज्याला ३ लाख ५५ हजार ७५० र ४९ हजार ३६१ रुपैयाँ खर्च भएको समितिले जानकारी दिएको छ ।  आवास निर्माणको लागि क्रिकेट खेलाडी सन्दिप लामिछानेले १ लाख २३ हजार ४८८ रुपैयँको ९०८ किलो फलाम र ३ लाख ७१ हजार ६१३ रुपैयाँको २५ वण्डल जस्तापाता सहयोग गरेका थिए । त्यस्तै सिएरआरसी÷केयर नेपालले २२ हजार ८ सय रुपैयाँको ३० बोरा सिमेन्ट, ७ लाख ६३ हजार ९६० रुपैयाँको ६७ वण्डल जस्तापाता, पर्यटन व्यवसायी मिलन तामाङ र माया गुरुङले ७ लाख ४ हजार ८२८ रुपैयाँको ५५ वण्डल जस्तापाता, निर्मला सिलवालले ४० हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री सहयोग गरेको श्रेष्ठले बताए । एक वर्ष पछि अस्थायी भए पनि आवास पाएकोमा पहिरो प्रभावितहरु खुसी भएका छन् । ‘एक वर्षसम्म पालमा बस्दा हामीलाई निक्कै सकस भएको थियो । सुत्केरी, बालबालिका, बृद्धबृद्धालाई समस्या थियो’, पहिरो प्रभावित सावित्री तामाङले भनिन् ‘अहिले हामीले अस्थायी आवास पाएका छौं, यसले हामीलाई केहि मात्रामा भएपनि खुसी दिएको छ ।’ अब बाँकी ११८ घर परिवारलाई नै आवासको लागि स्थानीय सरकारले प्रयत्न गर्नुपर्नेमा उनले जोड दिइन् ।  स्थानीय सरकारले पहिरो प्रभावित सबैलाई आवासको लागि प्रयत्न भइरहेको स्थानीय सरकारले जनाएको छ । ‘लिदीका २०८ घरधुरीसहित २५७ विपद् प्रभावितहरुसँग लाभग्राही सम्झौता गरी स्थायी आवास निर्माण गर्ने प्रकृया शुरु भइसकेको छ’, जुगल गाउँपालिका–२ का वडा अध्यक्ष प्रताप लामाले भने । २०७७ साउन ३० गते गएको पहिरोमा २०९ घरघुरी प्रभावित बनेको थियो । पहिरोमा ३९ जनाको मृत्यु भएको थियो भने ३४ घरमा क्षति पुगेको थियो । जसमध्ये २९ घर पूर्ण क्षति भएको थियो ।

गृहजिल्लामा व्यस्त सभामुख सापकोटा : विस्थापित भेट्न बाँसखर्क पुगे

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा जुगल गाउँपालिका–२ लिदी पहिरो विस्थापितहरूलाई भेट्न बाँसखर्क पुगेका छन्। लिदीमा पहिरो गएर घरबारविहीन बनेर बाँसखर्कमा टेण्टमा बसिरहेका पीडित परिवारहरूलाई भेट्न सभामुख सापकोटा त्यहाँ पुगेका हुन्।सभामुख सापकोटाले बाँसखर्क पुगेर विस्थापितहरूसँग भेटघाट एवम् छलफल गरेका छन्। विस्थापित भेटेलगत्तै सभामुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिका ५ मा निर्माण हुने बुद्ध पार्कको शिलान्यास गर्ने कार्यक्रम छ। त्यो कार्यक्रमपछि जिल्ला विपद् व्यवस्थाप

सिन्धुपाल्चोक पहिरो : सभामुख सापकोटा पुगे लिदी

सभामुख अग्निप्रसाद सापकोटा पहिरो निरीक्षणका लागि सिन्धुपाल्चोकको लिदी पुगेका छन् । नेपाली सेनाको