लिदी पहिरो विस्थापितलाई जग्गा हस्तान्तरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरो गएको २९ महीनापछि विस्थापितहरूलाई जग्गा प्रदान गरिएको छ । लिदी पहिरोबाट विस्थापित भएका ४१ परिवारका लागि १ करोड २३ लाख रुपैयाँ बराबरको जग्गा खरीद गरी मंगलवार जग्गाधनी पुर्जा वितरण गरिएको हो । विस्थापितलाई सुरक्षित स्थानान्तरण गर्ने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिका–४ देउरालीमा जग्गा व्यवस्थापन गरी पुर्जा वितरण गरिएको जुगल गाउँपालिकाले बताएको छ । ४१ परिवारलाई ३ लाख रुपैयाँको दरले १२ देखि १३ आनासम्म जग्गा वितरण गरिएको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले बताए । २०७७ साउन ३० गते लिदीमा गएको पहिरोबाट २०९ घरधुरी विस्थापित भएका थिए । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाले ४१ घरधुरीलाई कुभिण्डेमा नयाँ बस्ती विकास गर्नेगरी राज्यले औपचारिक रूपमा जग्गाधनी पुर्जा दिएको बताए । ‘२०९ घरधुरीमध्ये ६४ घरधुरीलाई बाँसखर्क, ४१ घरधुरीलाई कुभिण्डे, २७ घरधुरीलाई चनौटे र ७५ घरधुरीलाई लिदीको सिमलडाँडामा व्यवस्थापन गर्ने योजना अनुरूप जग्गाधनी पुर्जा वितरण गरिएको हो,’ सांसद सापकोटाले भने । जुगल गाउँपालिकाको उद्देश्य अनुसार अब आयआर्जन, स्वरोजगार, आर्थिक जीवनस्तरमा पनि सहयोग हुनेगरी विस्थापितलाई स्थापित गर्नुपर्ने उनले बताए । जग्गाधनी पूर्जा वितरण कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा, पूर्व नगरप्रमुख अमानसिं तामाङ, स्थानीय जनप्रतिनिधि र पहिरो विस्थापितहरूको उपस्थिति थियो । विस्थापित सबै परिवारलाई जग्गा प्रदान गरी आवास बनाउने काममा स्थानीय सरकार जुटिरहेको जुगल गाउँपालिकाले बताएको छ । लिदी पहिरोमा परी ३९ जनाको मृत्यु भएको थियो भने ३४ घरमा क्षति पुगेको थियो ।

सम्बन्धित सामग्री

लिदी पहिरोपीडित ४१ परिवारले पाए लालपूर्जा

जुगल गाउँपालिका- २ लिदी लामाटोलका २ सय ९ पहिरो पीडितमध्ये ४१ परिवारले दुई वर्षपछि स्थायी आवास निर्माणका लागि लालपूर्जा पाएका छन् । जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोकाअनुसार चौतारा साँगाचोकगढी नगर ४ देउरालीमा जग्गा व्यवस्थापन गरी लिदी लामाटोलका ४१ परिवारलाई जग्गाधनीपूर्जा दिइएको हो ।

लिदी पहिरोपीडित ४१ परिवारले पाए लालपूर्जा

जुगल गाउँपालिका- २ लिदी लामाटोलका २ सय ९ पहिरो पीडितमध्ये ४१ परिवारले दुई वर्षपछि स्थायी आवास निर्माणका लागि लालपूर्जा पाएका छन् । जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोकाअनुसार चौतारा साँगाचोकगढी नगर ४ देउरालीमा जग्गा व्यवस्थापन गरी लिदी लामाटोलका ४१ परिवारलाई जग्गाधनीपूर्जा दिइएको हो ।

पहिरोबाट विस्थापित ४१ परिवारलाई लालपुर्जा

सिन्धुपाल्चोक : लिदी पहिरोबाट विस्थापित ४१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको छ । जुगल गाउँपालिका–२, लिदीमा पहिरोबाट विस्थापितलाई साढे दुई वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन्। प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पीडित परिवारलाई म‌गलबार पुर्जा वितरण गरे। विसं २०७७ साउन ३० गते जुगल गाउँपालिकाको लिदीमा बस्तीमाथिबाट पहिरो जाँदा २०९ परिवार विस्थापित भएका थिए। तीमध्ये ४१ परिवारलाई चौतारा साँगाचोकगढी नगरपालिका–४ देउरालीमा सुरक्षित जग्गा व्यवस्थापन गर्दै जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो...