जुगल (सिन्धुपाल्चोक) : पहिरो चलेर घरबारविहीन भएको एक वर्षपछि बल्ल फलाम गाडेर जस्ताले घेरिएको अस्थायी आवासमा बस्न पाउँदा निशामाई तामाङ खुशी भएकी छिन्।लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित जुगल हिमालको काखमा रहेको मञ्जु देउराली सामुदायिक वनको चिसो आश्रयस्थलमा एक वर्षपछि न्यानो घर पाउँदा खुशी भएको उनको अनुहारबाटै बुझ्न सकिन्छ। पहिरोले श्रीमान्, छोरा, नाति, नातिनासहित परिवारका आठ सदस्य गुमाएकी तामाङको आलो घाउमा अस्थायी आवासले केही न केही मल्हमपट्टीको काम गरेको छ। जुगल गाउ