सिन्धुपाल्चोक : गत वर्ष साउनमा गएको पहिरोबाट प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीका बासिन्दा स्थायी आवासको पर्खाइमा छन्।उनीहरूले सहयोगका लागि विभिन्न संघसंस्थासँग आग्रह समेत गरिरहेका छन्।पहिरो गएको डेढ वर्ष बित्न लाग्दा समेत उनीहरूले स्थायी आवास पाउन सकेका छैनन्। पहिरोले २९ घर क्षति हुँदा ३९ जनाको ज्यान गएको थियो। बाँकी रहेका घर पनि पहिरोको उच्च जोखिममा छन्।उनीहरू त्यहाँबाट विस्थापित भएर करिब १२० परिवार जुगल–१ को बाँसखर्कमा अस्थायी टहरोमा बसिरहेका छन्। करिब ९० परिवार भने