सिन्धुपाल्चोक : जुगल गाँउपालिका–२ लिदीमा पहिरोबाट विस्थापित २०९ परिवारमध्ये ३१ परिवारले एक वर्षपछि अस्थायी घर पाएका छन्। विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा प्राप्त सामग्रीबाट नेपाली सेनाले अस्थायी घर निर्माण गरेको हो।२०७७ साउन ३० मा पहिरो झर्दा ३४ वटा घर पुरिएको थियो। घर पुरिँदा ३९ जनाको मृत्यु भएको थियो। पहिरोले गाउँ नै जोखिम भएपछि २०९ परिवार विस्थापित भई जुगल–१ बाँसखर्कमा बसोबास गरिरहेका छन्।बाँसखर्कमा अस्थायी आवास निर्माणका लागि पहिलोपटक सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरु