बुद्धिजीवीमाथिको छलफल 'बुद्धि' के हो भन्ने विषयबाट नै सुरु गर्न उपयुक्त हुन्छ। नेपाली भाषामा प्रयोग हुने शब्द ‘बुद्धि’ को अर्थ नेपाली बृहत्त शब्दकोषमा 'बुझ्न, सोच्न, विचार गर्न तथा निर्णय गर्न सक्ने मानसिक शक्ति; ज्ञान; प्रज्ञा; मति' भनिएको छ। यही बुद्धि शब्दबाट बुद्धिजीवी, बौद्धिक र बौद्धिकता शब्द बनेको छ। 'नेपाली समाजमा बुद्धिजीवी,' शीर्षकको प्रबन्ध प्राध्यापक कमलप्रकाश…