प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा अखिल (छैठौं) ले गर्‍यो राजधानीमा मसाल जुलुस (फोटो/भिडियो)

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।। प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा अखिल (छैठौं) ले राजधानीमा मसाल जुलुस सम्पन्न गरेको छ । अखिल (छैठौं) केन्द्रीय समितिको आयोजनमा २०७७ पुस २५ गते साँझ रत्नपार्क शान्तिवाटिकामा मसाल जुलुस सम्पन्न गरिएको हो । देशभरिबाट काठमाडौँ आइपुगेका विद्यार्थीहरूले भक्तपुर बसपार्कबाट मसाल जुलुस सुरु गरेका थिए । प्रहरी दमनको सामना गर्दै उक्त मसाल जुलुस शान्तिवाटिकामा आइपुगेपछि कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष विमल पोखरेलले संविधानलाई कुल्चेर केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको बताउनुभयो । ‘प्रधानमन्त्री केपी ओलीले २०७२ सालको संविधानलाई कुल्चेर प्रतिनिधि सभा विघटन गरेका हुन्’ अध्यक्ष पोखरेलले भन्नुभयो– ‘हठात् गरिएको प्रतिनिधि सभा विघटन तत्कालै पुनर्स्थापना गरिनुपर्दछ ।’ उहाँले केपी ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमलाई एकलौटी र अधिनायकवादी पनि बताउनुभयो । ‘पार्टीको आन्तरिक झगडाका कारणले जनमतकै अपमान गर्ने काम केपी ओलीबाट भयो– पोखरेलले भन्नुभयो– ‘जननिर्वाचित प्रतिनिधि सभालाई विघटन गर्नु नेपाली जनताप्रतिको घोर अपमान नै हो ।’ ‘प्रधानमन्त्री ओलीले जनताको अधिकारमाथि कुठाराघात गरेका छन्’ सर्वोच्च अदालतमा पुगेको यस विवादको बारेमा उहाँले अगाडि भन्नुभयो– ‘सर्वोच्चले सरकारले उठाएको गलत कदम तत्कालै सच्याउनुपर्दछ ।’ उहाँले भन्नुभयो– ‘सर्वोच्च अदालतले २०७२ सालको संविधानको प्रावधानअनुसार विघटित प्रतिनिधि सभा तत्कालै पुनर्स्थापना गर्नुपर्दछ; र, ओली सरकारको निरङ्कुश तथा अधिनायकवादी कदमलाई पराजित गर्नुपर्दछ ।’ कोणसभाको सञ्चालन अखिल (छैठौं) का महासचिव महेशराज जोशीले गर्नुभएको थियो ।

सम्बन्धित सामग्री

सरकारविरूद्ध मसाल जुलुस प्रदर्शनमा उत्रिएका नेविसंघका १५ जना पक्राउ

प्रतिनिधि सभा विघटनलगायतको विरोधमा उत्रिएका १५ जना नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिन्धुलीमा ओली सरकारविरुद्ध विद्यार्थीको मसाल जुलुस (फोटो फिचर)

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीमाढीमा शनिवार साँझ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले दोस्रो पटक असंवैधानिक र अलोकतान्त्रिक रुपमा गरेको प्रतिनिधि सभा विघटन विरुद्ध विभिन्न बिपक्षि गठबन्धनका विद्यार्थी संगठनहरुले सिन्धुलीमा मसाल जुलुस प्रदर्शन गरेका हुन् । संगठनको केन्द्रिय कार्यक्रम अनुसार अखिल (क्रान्तिकारी), नेविसंघ, अनेरास्ववियु […]

बागलुङमा अखिल नेपाल युवक सङ्घको मसाल जुलुस

बागलुङ बजार । अखिल नेपाल युवक सङ्घ बाग्लुङले प्रतिनिधि सभा विघटनको विरुद्ध आज फागुन १० गते बागलुङ बजारमा मसाल जुलुस सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चा जिल्ला सम्पर्क कार्यलयबाट सुरु भएको जुलुस समितचोक, हल्लनचोक हुँदै लोकतान्त्रिक चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सङ्घका केन्द्रीय कोषाध्यक्ष भीमसेन वन र युवक सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र थापाले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाँहरूले प्रतिगामी कदम सच्याउन आग्रह यो कार्यक्रम गरिएको बताउनुभयो । संसद पुनःस्थापनाको पक्षमा आवश्यकतानुसार युवक सङ्घले जस्तोसुकै कदम चाल्ने पनि उहाँहरूले बताउनुभयो । सम्बोधनको क्रममा उहाँहरूले अखिल नेपाल युवक सङ्घ राष्ट्रियता, जनजीविका र लोकतन्त्रका पक्षमा सदैव आन्दोलित हुने बताउँदै भ्रस्टाचार र युवा अधिकारको निम्ति सधँै अग्रमोर्चामा रहने दावीसमेत गर्नुभयो । कार्यक्रमको सञ्चालन युवक सङ्घका गण्डकी प्रदेशका सचिव सञ्जाल शर्माले गर्नुभएको थियो ।

युवक संघले सम्पन्न गर्यो राजधानीमा मसाल जुलुस

प्रकाश थापामगर/काठमाडौँ ।। अखिल नेपाल युवक सङ्घले राजधानी काठमाडौँमा मसाल जुलुस सम्पन्न गरेको छ । प्रतिगमनको विरुद्ध तथा प्रतिनिधि सभा पुनस्र्थापनाको माग राख्दै अखिल नेपाल युवक सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा २०७७ फागुन १० गते सो कार्यक्रम सम्पन्न भएको हो । युवक सङ्घका प्रदर्शनकारीहरूले बागबजारबाट मसाल जुलुस सुरु गरेका थिए । प्रहरीसित भिड्दै रत्नपार्क पुरानो बसपार्कमा आएपछि सो कार्यक्रम कोणसभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै युवक सङ्घका केन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरेले नेपाली जनताको बलिदानबाट प्राप्त गणतन्त्रमाथि केपी ओली सरकारले हमला बोलेको बताउनुभयो । ‘ठुलो सङ्ख्यामा युवाविद्यार्थी सहभागी जनआन्दोलनको बलमा गणतन्त्र स्थापना भएको हो’ अध्यक्ष घिमिरेले भन्नुभयो– ‘अहिले त्यही जनमतमाथि कुठाराघात भइरहेको छ ।’ उहाँले २०६२–६३ सालको जनान्दोलन र २०७४ सालको तीनै चरणको चुनावमा युवाविद्यार्थीको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्नुभयो । सम्बोधनको क्रममा उहाँले अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘अदालतले २०७२ सालको संविधानको सही व्याख्या गर्नेमा हामी ढुक्क छौँ’ उहाँले भन्नुभयो– ‘यदि अदालतबाट पनि निरासा हात लाग्यो भने सडकबाट जनताले नै संसद पुनस्र्थापना गर्ने छन् ।’ २०५९ सालमा संसद विघटन भएर अदालतले सदर गरे पनि २०६२–६३ सालको जनान्दोलनले संसद ब्यँुताएको प्रसङ्ग उठाउँदै उहाँले अहिलेको मसाल जुलुस साङ्केतिक प्रकृतिको भएको बताउनुभयो । उहाँले थप्नुभयो– ‘संसद पुनस्र्थापना भएन भने युवाविद्यार्थीहरू देशव्यापी आन्दोलनको आँधीबेहरी उठाउन बाध्य हुने छन् ।’ कार्यक्रमको सञ्चालन युवक सङ्घ काठमाडौँका अध्यक्ष डम्मर कार्कीले गर्नुभएको थियो । युवक सङ्घको केन्द्रीय कार्यालयका अनुसार आजै युवक सङ्घले देशैभरि मसाल जुलुस सम्पन्न गरेको छ । आगामी फागुन १५ गते देशव्यापी विरोधसभाको कार्यक्रम रहेको पनि केन्द्रीय कार्यालयले जनाएको छ ।

कञ्चनपुरमा प्रतिनिधि सभा विघटन विरुद्ध राष्ट्रिय जनमोर्चाको मसाल जुलससहित सभा

महेन्द्रनगर । केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा आज माघ १४ गते राष्ट्रिय जनमोर्चाले सुक्लाफाँटा नगरपालिकाको बन्साहचोकमा विरोधसभा तथा मसाल जुलुस प्रदर्शन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य तथा सुदूर पश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्ट हुनुहुन्थ्यो । प्रमुख अतिथि नन्दराज भट्टले सम्बोधनको क्रममा प्रधानमन्त्री केपी ओली प्रजातान्त्रिक हुन नसकेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले संविधानको प्रावधान विपरीत प्रतिनिधि सभा विघटन गरेको पनि बताउनुभयो । ओलीको यस खालको कदमले अमेरिकी सम्राज्यवाद र भारतीय समाजवादको चाहनानुसार राजनीतिक अस्थिरता उत्पन्न भएको पनि उहाँले बताउनुभयो । कार्यक्रमको अन्य अतिथिहरूमा राजमो केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, राजमो जिल्लाध्यक्ष रामबहादुर कार्की, नेकपा (मसाल) कञ्चनपुरका प्रवक्ता लक्ष्मी बडु, तराई–मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल (छैठौं) का महासचिव महेशराज जोशी, जातीय समता समाज महासचिव गोविन्द विक, अखिल (छैठौं) कञ्चनपुरका जिल्लाध्यक्ष महेश भट्ट, जिल्ला सचिव पुष्कर भट्ट, रक्तिम सांस्कृतिक अभियानका कञ्चनपुर जिल्ला संयोजक ललित चन्द, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य कमल साहु, अखिल नेपाल युवक सङ्घका प्रदेश सदस्य भूपेन्द्र भण्डारी, महिला नेतृ गीता भण्डारीलगायत हुनुहुन्थ्यो । कार्यक्रममा महेशराज जोशी, लक्ष्मी बडु, गोविन्द विक, राजाराम चौधरी र रामबहादुर कार्कीले मन्तव्य राख्नुभएको थियो । राजमो सुक्लाफाँटा नगर समितिका अध्यक्ष टुङे बोहराको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सञ्चालन राजमो जिल्ला सचिव अभिमान थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य राजमो जिल्ला कोषाध्यक्ष हरि लम्सालले मन्तव्यमार्फत् र रक्तिम सांस्कृतिक अभियान जिल्ला संयोजक चन्द्रले गीतमार्फत् गर्नुभैको थियो ।

प्रतिनिधि सभा विघटन विरुद्ध कञ्चनपुरमा मसाल जुलुस

पुष्कर भट्ट, महेन्द्रनगर । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध संघर्ष गर्दै आएको राष्ट्रिय जनमोर्चाले आव कञ्चनपुरको दैजीमा मसाल जुलुश प्रदर्शन गरेको छ । राजमो केन्द्रीय सदस्य नन्दराज भट्टको अगुवाईमा बेदकोट नगरपालिकामा मसाल जुलुश प्रदर्शन गरिएको हो । मसाल जुलुशमा राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्की, सचिव अहिमान थापा, तराई मधेस जनवादी मोर्चा महासचिव राजाराम चौधरी नेकपा (मसाल) जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडु, समता समाज महासचिव गोविन्द विक, अखिल (छैठौं) जिल्ला अध्यक्ष महेश भट्ट, सचिव पुष्कर भट्ट, रक्तिम सांस्कृतिक अभियान जिल्ला संयोजक ललित चन्द, राजमो बेदकोट नगर समिति अध्यक्ष कमल साहु, जिल्ला सदस्य गोविन्द बोहरा लगातार नेताकार्यकर्ता को सहभागिता रहेको थियो । मसाल जुलुशलाई अखिल (छैठौं) का महासचिव महेशराज जोशी ले सम्बोधन गर्नुभएको थियो भने राजमो जिल्ला सहसचिव लालबहादुर कुँवरले संचालन गर्नुभएको थियो । यसअघि आजै दैजीमा राजमोले विरोध सभाको आयोजना गरेको थियो । विरोध सभालाई राजमोका केन्द्रीय सदस्य नन्दराज भट्टले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा राजमोका जिल्ला अध्यक्ष रामबहादुर कार्की, नेकपा (मसाल)का जिल्ला प्रवक्ता लक्ष्मिदत्त बडु, राजमो जिल्ला सचिव अहिमान थापाले मन्तब्य व्यक्त गरेको कार्यक्रमको सन्चालन रक्तिमका जिल्ला संयोजक ललित चन्द र अध्यक्षता राजमो नगर संयोजक कमल साहुले गर्नु भएको थियो। कार्यक्रममा तमजमोका महासचिव राजाराम चौधरी, जातीय समता समाजका महासचिव गोविन्द विक र अखिल (छैठौं) का महासचिव महेश जोशी लगायताका नेताहरुको आतिथ्यता रहेको थियो ।

इटहरीमा अखिल (छैठौं) को मसाल जुलुस

नवराज पाण्डे (नवीन)/इटहरी ।। प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा अखिल (छैठौं) ले सुनसरीको इटहरीमा मसाल जुलुस सम्पन्न गरेको छ । अखिल (छैठौं) १ नम्बर प्रदेश समितिको आयोजनमा २०७७ माघ २ गते साँझ मा मसाल जुलुस सम्पन्न गरिएको हो । अखिल (छैठौंं केन्द्रीय कमिटीको आयोजनामा देशव्यापी रूपमा २०७७ माघ २ गते मसाल जुलुस सप्पन्न भएको छ। कोणसभालाई सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय सचिवालय सदस्य नवीन पाण्डेले संविधानलाई कुल्चेर केपी ओलीले प्रतिनिधि सभा विघटन गर्नु अलोकतान्त्रिक कदम हो र यसले जातिवादी र क्षेत्रीयताबादी सल्बलाएको बताउनुभयो । मसाल जुलुस तथा कोणसभा प्रहरी दमनको बिच पनि शानदार रूपमा सम्पन्न भयो। उक्त मसाल जुलुस तथा कोणसभामा सुनसरी जिल्लाको राष्ट्रिय जनमोर्चाका नेताहरुको उपस्तिथि रहयो। कोणसभाको सञ्चालन अखिल (छैठौं) का केन्द्रीय सदस्य देवेन्द्र पौडेलले गर्नुभएको थियो ।

अर्घाखाँचीमा अखिल (छैठौंं) द्वारा मसाल जुलुस प्रदर्शन

सन्धिखर्क । अखिल (छैठौं) ले संसद विघटनको विरोधमा भूमिकास्थानको ढाकावाङमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार साँझ ढाकावाङ पिपलनेटा बजारमा उनीहरूले मसाल जुलुश प्रदर्शन गरेका हुन् । मसाल जुलुसमा सहभागीहरूले असंवैधानिक कदम खारेज गर, विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर, सङ्घीयता खारेज गर, अखिल (छैठौं) जिन्दवाद, राष्ट्रिय जनमोर्चा जिन्दवाद, भारतीय तथा अमेरिकी साम्राज्यवाद मुर्दावादलगायतका नारा लगाएका थिए । मसाल जुलुसपछिको विरोधसभालाई सम्वोधन गर्दै अखिल (छैठौं) का नेता टेकराज भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक पद्धति विपरीत असंवैधानिक तरिकाले संसद विघटन गरेर गणतन्त्र विरोधी शक्तिलाई फाइदा पुर्याउने काम गरेको बताउनुभयो । नेता भुसालले वैदेशिक चलखेलले राष्ट्रियतासमेत खतरामा परेकाले सबै राष्ट्रवादी शक्ति आन्दोलित हुनुपर्ने बताउदै असंवैधानिक तरिकाले संसद विघटन गर्नु नेपाली जनताका लागि दुखदायी भएको भन्दै असंवैधानिक कदमलाई पराजित गर्न सबै देशभक्त नेपाली एक हुनुपर्ने बताउनु भयो ।

प्रतिनिधिसभा विघटनविरुद्ध महेन्द्रनगरमा मसाल जुलुस

२८ पुस, कञ्चनपुर । नेकपा (प्रचण्ड–माधव समूह) निकट अनेरास्ववियूले कञ्चनपुरको महेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदमलाई प्रतिगमन भन्दै आन्दोलनरत अनेरास्ववियूले सोमबार साँझ मसाल जुलुस निकालेको हो । महेन्द्रनगर बजारको खुलामञ्च अगाडिबाट शुरु भएको जुलुस बसपार्क चोकमा पुगेर विरोध सभामा परिणत भएको संयोजक वीरेन्द्र विष्टले जानकारी […]