बागलुङ बजार । अखिल नेपाल युवक सङ्घ बाग्लुङले प्रतिनिधि सभा विघटनको विरुद्ध आज फागुन १० गते बागलुङ बजारमा मसाल जुलुस सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला सम्पर्क कार्यलयबाट सुरु भएको जुलुस समितचोक, हल्लनचोक हुँदै लोकतान्त्रिक चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सङ्घका केन्द्रीय कोषाध्यक्ष भीमसेन वन र युवक सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र थापाले सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनका क्रममा उहाँहरूले प्रतिगामी कदम सच्याउन आग्रह यो कार्यक्रम गरिएको बताउनुभयो । संसद पुनःस्थापनाको पक्षमा आवश्यकतानुसार युवक सङ्घले जस्तोसुकै कदम चाल्ने पनि उहाँहरूले बताउनुभयो ।
सम्बोधनको क्रममा उहाँहरूले अखिल नेपाल युवक सङ्घ राष्ट्रियता, जनजीविका र लोकतन्त्रका पक्षमा सदैव आन्दोलित हुने बताउँदै भ्रस्टाचार र युवा अधिकारको निम्ति सधँै अग्रमोर्चामा रहने दावीसमेत गर्नुभयो ।
कार्यक्रमको सञ्चालन युवक सङ्घका गण्डकी प्रदेशका सचिव सञ्जाल शर्माले गर्नुभएको थियो ।