सल्यान : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार साँझ सल्यानमा मसाल जुलुस निकालेको छ। तीनबुँदे सहमति र राजनीतिक मुद्दा फिर्ता लिन सरकारले ल्याएको अध्यादेश कार्यान्वयनको माग गर्दै सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगरमा मसाल जुलुस निकालेको हो।तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग तीनबुँदे सहमति गरेको थियो तर सहमति भएको लामो समय बितिसक्दा पनि सहमति कार्यान्वयन नगरेको भन्दै त्यसको विरोधमा मसाल जुलुस निकालिएको नेकपा सल्यानका सेक्रेटरी मदनले जानकारी दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ। शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्। गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपाले जनाएको छ।
काठमाडौँ– एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले काठमाडौँमा मसाल जुलुस निकालेको छ । एमसीसी राष्ट्रघाती भएको र यसलाई सदनबाट पारित गर्न लागिएको भन्दै अखिल क्रान्तिकारीका नेता तथा विद्यार्थीहरूले नयाँ बानेश्वरमा मसाल जुलुस निकालेका हुन् । एमसीसीविरुद्ध नारा लगाउँदै उनीहरूले मसाल जुलुस निकालेका थिए । नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने बताउँदै आएको […]
अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा मसाल जुलुस प्रर्दशन गरिएको छ। संयुक्त मोर्चाले नेपाल कम्युनिष्ट पार्टीको जिमीपोखरी स्थित पार्टी कार्यालय बुधवार साँझ मसाल जुलुस निकालेको थियो।...
सिमकोट – जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व पाएकै दिन राप्रपा हुम्लाले सरकारले संसदबाट अनुमोदन गर्न लागेको एमसीसीविरुद्ध मसाल जुलुस निकालेको छ। एमसीसी राष्ट्रहितविरुद्ध भएको निष्कर्ष निकाल्दै राप्रपाले मसाल जुलुस निकालेर विरोध जनाएको हो। एमसीसी राज्य हितमा नदेखिएका कारण विरोधस्वरुप मसाल जुलुस निकालिएको राप्रपा हुम्लाका नवनिर्वाचित अध्यक्ष विकास महतले बताए। एमसीसी खारेज गर, हिन्दू राज्य जिन्दावाद, राजतन्त्र […]
एमसीसीको विरोधमा राजधानीमा प्रदर्शन हुने क्रम बढ्दो छ । यही क्रममा मंगलबार लाक्पा तामाङ नेतृत्वको ‘राप्रपा नेपाल’ले राजधानीमा मसाल जुलुस निकालेको छ । राजधानीको चाबहिल क्षेत्रमा एमसीसीको विरोध जनाउने प्लेकार्डसहित निकालिएको मसाल जुलुस का तस्बिरहरु हेर्नुहोस्