युवक संघले सम्पन्न गर्यो राजधानीमा मसाल जुलुस

प्रकाश थापामगर/काठमाडौँ ।। अखिल नेपाल युवक सङ्घले राजधानी काठमाडौँमा मसाल जुलुस सम्पन्न गरेको छ । प्रतिगमनको विरुद्ध तथा प्रतिनिधि सभा पुनस्र्थापनाको माग राख्दै अखिल नेपाल युवक सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा २०७७ फागुन १० गते सो कार्यक्रम सम्पन्न भएको हो । युवक सङ्घका प्रदर्शनकारीहरूले बागबजारबाट मसाल जुलुस सुरु गरेका थिए । प्रहरीसित भिड्दै रत्नपार्क पुरानो बसपार्कमा आएपछि सो कार्यक्रम कोणसभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै युवक सङ्घका केन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरेले नेपाली जनताको बलिदानबाट प्राप्त गणतन्त्रमाथि केपी ओली सरकारले हमला बोलेको बताउनुभयो । ‘ठुलो सङ्ख्यामा युवाविद्यार्थी सहभागी जनआन्दोलनको बलमा गणतन्त्र स्थापना भएको हो’ अध्यक्ष घिमिरेले भन्नुभयो– ‘अहिले त्यही जनमतमाथि कुठाराघात भइरहेको छ ।’ उहाँले २०६२–६३ सालको जनान्दोलन र २०७४ सालको तीनै चरणको चुनावमा युवाविद्यार्थीको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्नुभयो । सम्बोधनको क्रममा उहाँले अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘अदालतले २०७२ सालको संविधानको सही व्याख्या गर्नेमा हामी ढुक्क छौँ’ उहाँले भन्नुभयो– ‘यदि अदालतबाट पनि निरासा हात लाग्यो भने सडकबाट जनताले नै संसद पुनस्र्थापना गर्ने छन् ।’ २०५९ सालमा संसद विघटन भएर अदालतले सदर गरे पनि २०६२–६३ सालको जनान्दोलनले संसद ब्यँुताएको प्रसङ्ग उठाउँदै उहाँले अहिलेको मसाल जुलुस साङ्केतिक प्रकृतिको भएको बताउनुभयो । उहाँले थप्नुभयो– ‘संसद पुनस्र्थापना भएन भने युवाविद्यार्थीहरू देशव्यापी आन्दोलनको आँधीबेहरी उठाउन बाध्य हुने छन् ।’ कार्यक्रमको सञ्चालन युवक सङ्घ काठमाडौँका अध्यक्ष डम्मर कार्कीले गर्नुभएको थियो । युवक सङ्घको केन्द्रीय कार्यालयका अनुसार आजै युवक सङ्घले देशैभरि मसाल जुलुस सम्पन्न गरेको छ । आगामी फागुन १५ गते देशव्यापी विरोधसभाको कार्यक्रम रहेको पनि केन्द्रीय कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

सल्यानमा विप्लव नेकपाको मसाल जुलुस

सल्यान : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार साँझ सल्यानमा मसाल जुलुस निकालेको छ। तीनबुँदे सहमति र राजनीतिक मुद्दा फिर्ता लिन सरकारले ल्याएको अध्यादेश कार्यान्वयनको माग गर्दै सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगरमा मसाल जुलुस निकालेको हो।तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग तीनबुँदे सहमति गरेको थियो तर सहमति भएको लामो समय बितिसक्दा पनि सहमति कार्यान्वयन नगरेको भन्दै त्यसको विरोधमा मसाल जुलुस निकालिएको नेकपा सल्यानका सेक्रेटरी मदनले जानकारी दिए।

सरकारविरुद्ध राप्रपाको मसाल जुलुस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।

सरकारविरुद्ध राप्रपाको मसाल जुलुस

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ। शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्। गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपाले जनाएको छ।

एमसीसीको विरोधमा काठमाडौँमा मसाल जुलुस

काठमाडौँ– एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले काठमाडौँमा मसाल जुलुस निकालेको छ । एमसीसी राष्ट्रघाती भएको र यसलाई सदनबाट पारित गर्न लागिएको भन्दै अखिल क्रान्तिकारीका नेता तथा विद्यार्थीहरूले नयाँ बानेश्वरमा मसाल जुलुस निकालेका हुन् । एमसीसीविरुद्ध नारा लगाउँदै उनीहरूले मसाल जुलुस निकालेका थिए । नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने बताउँदै आएको […]

एमसिसीविरुद्ध ताप्लेजुङमा मसाल जुलुस

संयुक्त मोर्चाले नेपाल कम्युनिन्ट पार्टीको जिमीपोखरीस्थित पार्टी कार्यालयबाट बुधबार साँझ मसाल जुलुस निकालेको हो।...

एमसीसी विरुद्ध ताप्लेजुङमा मसाल जुलुस

अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा मसाल जुलुस प्रर्दशन गरिएको छ। संयुक्त मोर्चाले नेपाल कम्युनिष्ट पार्टीको जिमीपोखरी स्थित पार्टी कार्यालय बुधवार साँझ मसाल जुलुस निकालेको थियो।...

राप्रपाद्वारा एमसिसीविरुद्ध मसाल जुलुस

सिमकोट – जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व पाएकै दिन राप्रपा हुम्लाले सरकारले संसदबाट अनुमोदन गर्न लागेको एमसीसीविरुद्ध मसाल जुलुस निकालेको छ। एमसीसी राष्ट्रहितविरुद्ध भएको निष्कर्ष निकाल्दै राप्रपाले मसाल जुलुस निकालेर विरोध जनाएको हो। एमसीसी राज्य हितमा नदेखिएका कारण विरोधस्वरुप मसाल जुलुस निकालिएको राप्रपा हुम्लाका नवनिर्वाचित अध्यक्ष विकास महतले बताए। एमसीसी खारेज गर, हिन्दू राज्य जिन्दावाद, राजतन्त्र […]

एमसीसीको विरोधमा मसाल जुलुस (तस्बिरहरु)

एमसीसीको विरोधमा राजधानीमा प्रदर्शन हुने क्रम बढ्दो छ । यही क्रममा मंगलबार लाक्पा तामाङ नेतृत्वको ‘राप्रपा नेपाल’ले राजधानीमा मसाल जुलुस निकालेको छ । राजधानीको चाबहिल क्षेत्रमा एमसीसीको विरोध जनाउने प्लेकार्डसहित निकालिएको मसाल जुलुस का तस्बिरहरु हेर्नुहोस्

आमहडतालको पूर्वसन्ध्यामा मसाल जुलुस

नेकपा प्रचण्ड-माधव नेपाल समूहले भोलि घोषणा गरेको आमहडतालको पूर्वसन्ध्यामा मसाल जुलुस गरिएको छ

आमहड्तालको पूर्वसन्ध्यामा प्रचण्ड-माधव समूहको मसाल जुलुस

नेकपा प्रचण्ड-माधव समूहले विहीबार आव्हान गरेको आमहड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस निकालेको छ। राजधानीको बागबजार क्षेत्रबाट नेकपाका कार्यकर्ताले मसाल जुलुस निकालेका थिए।...