नवराज पाण्डे (नवीन)/इटहरी ।।
प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा अखिल (छैठौं) ले सुनसरीको इटहरीमा मसाल जुलुस सम्पन्न गरेको छ ।
अखिल (छैठौं) १ नम्बर प्रदेश समितिको आयोजनमा २०७७ माघ २ गते साँझ मा मसाल जुलुस सम्पन्न गरिएको हो ।
अखिल (छैठौंं केन्द्रीय कमिटीको आयोजनामा देशव्यापी रूपमा २०७७ माघ २ गते मसाल जुलुस सप्पन्न भएको छ।
कोणसभालाई सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय सचिवालय सदस्य नवीन पाण्डेले संविधानलाई कुल्चेर केपी ओलीले प्रतिनिधि सभा विघटन गर्नु अलोकतान्त्रिक कदम हो र यसले जातिवादी र क्षेत्रीयताबादी सल्बलाएको बताउनुभयो ।
मसाल जुलुस तथा कोणसभा प्रहरी दमनको बिच पनि शानदार रूपमा सम्पन्न भयो।
उक्त मसाल जुलुस तथा कोणसभामा सुनसरी जिल्लाको राष्ट्रिय जनमोर्चाका नेताहरुको उपस्तिथि रहयो।
कोणसभाको सञ्चालन अखिल (छैठौं) का केन्द्रीय सदस्य देवेन्द्र पौडेलले गर्नुभएको थियो ।