अखिल नेपाल युवक संघले फागुन १० गते मसाल जुलुस र फागुन १५ गर्ते देशव्यापी विरोधसभा गर्दै

काठमाडौँ । अखिल नेपाल युवक सङ्घले आगामी फागुन १० गते मसाल जुलुस र फागुन १५ गते देशव्यापी विरोधसभा गर्ने भएको छ । सरकारको जनविरोधी कदमका विरुद्ध युवक सङ्घले सो कार्यक्रम गर्न लागेको हो । युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरेको हस्ताक्षरमा २०७७ माघ १८ गते जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ । विज्ञप्तिमा यही माघ १६ र १७ गते बुटवलमा सम्पन्न बैठकले सो निर्णय गरेको जानकारी दिइएको हो । केपी ओली सरकारको प्रतिनिधि सभा विघटन गर्ने प्रतिगमनकारी, असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोधका साथै विभिन्न समसामयिक र आन्तरिक सङ्गठनसम्बन्धी निर्णय गरिएको जानकारी दिइएको सो प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ– “अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको बैठक यही माघ १६ र १७ गते बुटवलमा सम्पन्न भएको छ । बैठकले गरेका निर्णयहरूको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ । १. बैठकले वर्तमान ओली सरकारको प्रतिनिधि सभा विघटन गर्ने प्रतिगमनकारी, असंवैधानिक र अलोकतान्त्रिक कदमको घोर विरोध गर्दै तत्काल प्रतिनिधि सभा पुनःस्थापना गर्न जोडदार माग गरेको छ । २. कोभिड र असुरक्षित श्रमबजारको कारण देशभित्र र विदेशमा रहेका नेपाली श्रमिक युवामा गम्भीर प्रभाव पारेको छ। युवा रोजगारीको समुचित प्रबन्ध गरी देशभित्रै सुरक्षित काम गर्ने वातावरण बनाउन बैठकले सरकारसँग माग गरेको छ । ३. देशमा राजनैतिक अस्थिरता र अन्यौलताको फाइदा उठाउँदै विदेशी चलखेल र हस्तक्षेप बढ्दै गएको छ । संस्थागत भ्रष्टाचार मौलाउँदै गएको छ । महङ्गी बढेको छ । जनताले कोभिड महामारीको बिचमा पनि स्वास्थ्य सुविधाको सहुलियत प्राप्त गर्न सकेका छैनन् । मेडिकल माफियाहरूले राज्य सञ्चालकहरूकै मिलेमतोमा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्ने र जनस्वास्थ्यमाथि खेलवाड गर्ने काम गरेका छन् । एकातिर, कोभिडको खोप उपलब्ध गराउन सरकारले पैसाको अभाव देखाएको छ भने अर्कोतिर चुनावको बेमौसमी बाजा बजाएर अर्बौं पैसा सकाउने योजना बनाएको छ । हामीले यी जनविरोधी हर्कत्हरूको घोर भत्र्सना गर्दछौँ । ४. सरकारका जनविरोधी कदमको विरुद्धमा आगामी फागुन १० गते देशभर मसाल जुलुस र फागुन १५ गते देशव्यापी विरोधसभा गर्ने ठेगान भएको छ । ५. सङ्गठनको ...

सम्बन्धित सामग्री

युवक संघले सम्पन्न गर्यो राजधानीमा मसाल जुलुस

प्रकाश थापामगर/काठमाडौँ ।। अखिल नेपाल युवक सङ्घले राजधानी काठमाडौँमा मसाल जुलुस सम्पन्न गरेको छ । प्रतिगमनको विरुद्ध तथा प्रतिनिधि सभा पुनस्र्थापनाको माग राख्दै अखिल नेपाल युवक सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा २०७७ फागुन १० गते सो कार्यक्रम सम्पन्न भएको हो । युवक सङ्घका प्रदर्शनकारीहरूले बागबजारबाट मसाल जुलुस सुरु गरेका थिए । प्रहरीसित भिड्दै रत्नपार्क पुरानो बसपार्कमा आएपछि सो कार्यक्रम कोणसभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै युवक सङ्घका केन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरेले नेपाली जनताको बलिदानबाट प्राप्त गणतन्त्रमाथि केपी ओली सरकारले हमला बोलेको बताउनुभयो । ‘ठुलो सङ्ख्यामा युवाविद्यार्थी सहभागी जनआन्दोलनको बलमा गणतन्त्र स्थापना भएको हो’ अध्यक्ष घिमिरेले भन्नुभयो– ‘अहिले त्यही जनमतमाथि कुठाराघात भइरहेको छ ।’ उहाँले २०६२–६३ सालको जनान्दोलन र २०७४ सालको तीनै चरणको चुनावमा युवाविद्यार्थीको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्नुभयो । सम्बोधनको क्रममा उहाँले अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘अदालतले २०७२ सालको संविधानको सही व्याख्या गर्नेमा हामी ढुक्क छौँ’ उहाँले भन्नुभयो– ‘यदि अदालतबाट पनि निरासा हात लाग्यो भने सडकबाट जनताले नै संसद पुनस्र्थापना गर्ने छन् ।’ २०५९ सालमा संसद विघटन भएर अदालतले सदर गरे पनि २०६२–६३ सालको जनान्दोलनले संसद ब्यँुताएको प्रसङ्ग उठाउँदै उहाँले अहिलेको मसाल जुलुस साङ्केतिक प्रकृतिको भएको बताउनुभयो । उहाँले थप्नुभयो– ‘संसद पुनस्र्थापना भएन भने युवाविद्यार्थीहरू देशव्यापी आन्दोलनको आँधीबेहरी उठाउन बाध्य हुने छन् ।’ कार्यक्रमको सञ्चालन युवक सङ्घ काठमाडौँका अध्यक्ष डम्मर कार्कीले गर्नुभएको थियो । युवक सङ्घको केन्द्रीय कार्यालयका अनुसार आजै युवक सङ्घले देशैभरि मसाल जुलुस सम्पन्न गरेको छ । आगामी फागुन १५ गते देशव्यापी विरोधसभाको कार्यक्रम रहेको पनि केन्द्रीय कार्यालयले जनाएको छ ।