बागलुङमा साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव ३ दिनपछि परिवारको जिम्मा लगाइएको छ ।
काजकिरिया खर्चसहित उनीहरूको शव परिवारको जिम्मा लगाइएको हो ।
परिवारलाई गलकोटको मल्ममा सञ्चालनमा रहेको बृहत् खानेपानी आयोजनाले काजकिरिया खर्च उपलब्ध गराएको हो ।
‘तत्कालका लागि किरिया खर्च दिने सहमति भयो,’ छलफलमा सहभागी चन्द्रबहादुर थापा ‘शिखर’ले भने, ‘राहत होइन तत्कालीन खर्च दिइएको हो, खानेपानी उपभोक्ता समितिले व्यहोर्ने गरी तत्काल स्थानीयवासीसँग भएको नगद उठाएर पठाएक...