सिन्धुपाल्चोक– चौतारा साँगाचोकगढी नगरपालिकाले कुनै पनि कारणबाट मृत्युभएका परिवारलाई किरिया खर्च वापत पाँच हजार उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमअनुसार हालसम्म १३ मृतकका परिवारलाई सो रकम उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख अमानसिं तामाङले यसका लागि चालु आर्थिक वर्षका बजेटमा २० लाख विनियोजन गरेको जानकारी दिए ।