काठमाडौं : एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तोडफोड भएको पसलमा सरकारले चासो देखिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले मंगलबार व्यवसायी श्रेष्ठको पसलको अनुगमन गरेका छन्।एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आइतबार झडप हुँदा बुद्धनगरकी जानकी श्रेष्ठको पसलमा क्षति पुगेको थियो। प्रदर्शनकारीहरूले ५ जना प्रहरीलाई घेरा हालेर ढुंगामुढा हान्ने क्रममा श्रेष्ठको पसलमा क्षति पुगेको थियो। प