काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर जान विपक्षी दलहरु सिंहदरबारमा जुटेका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा हस्ताक्षर संकलन शुरु भएको छ।
हस्ताक्षर गर्न माओवादी नेतादेखि कांग्रेस नेताहरु धमाधम सिंहदरबार आइपुग्ने क्रम जारी छ। यसै क्रममा कांग्रेस महामन्त्री डा शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा…