हस्ताक्षर संकलन गर्दै माधव नेपाल पक्ष, निर्वाचन आयोग जाने तयारी

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिँदै छ । अहिले काठमाडौंस्थित अर्याल होटेलमा उनीहरू रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै निर्वाचन आयोग जाने उनीहरूको तयारी छ । उनीहरूले नयाँ दल दर्ता गर्ने तयारी गरेका हुन् । नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी)...

सम्बन्धित सामग्री

माधव नेपालले ६० केन्द्रीय सदस्य कटाए

काठमाडौं, २ भदौ । नेकपा एमाले फुटाउन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय सदस्यको संख्या ६० कटाएका छन् । अहिलेसम्म ६३ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको बुझिएको छ । नेपाल पक्षका एक नेताका अनुसार केन्द्रीय सदस्यको संख्या अझै थपिदैछ । केही केन्द्रीय सदस्यको हस्ताक्षर हुने भएकाले माधव नेपाल पक्ष पर्खिएर बसेको छ । नयाँ बानेश्वरस्थित अर्याल […]

माधव नेपाल पक्ष यसकारण संकलन गर्दैछ केन्द्रीय सदस्यहरुको हस्ताक्षर

काठमाडौं, २० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्णायक तयारीमा लागेका छन् । उनले केही दिनमै पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष शर्तसहित प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । त्यसका लागि निर्णय लिन आफू पक्षीय स्थायी कमिटी बैठक राख्ने तयारी समेत गरेका छन् । अहिले माधव नेपाल पक्षले केन्द्रीय कमिटी सदस्यहरुको हस्ताक्षर संकलन […]

चार ठाउँमा सांसदको हस्ताक्षर संकलन गर्दै विपक्षी दल

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लैजान विपक्षी दलहरुले चार ठाउँमा सांसदहरुको हस्ताक्षर संकल गरिरहेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत शुक्रबार मध्यरातमा गरेको संसद विघटन असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसहित विघटन विरुद्ध रहेको नेकपा माओवादी केन्द्र तथा एमालेको माधव नेपाल पक्ष र जनता समाजवादीको उपेन्द्र–बाबुराम...