काठमाडौं : आर्थिक वर्ष २०७६/७७ को बजेटको तयारीसँगै संघीय संसद प्रतिनिधिसभाका सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम १० करोड रुपैयाँ पुर्याउन लबिङ थालेका छन्। यसअघि प्रति प्रत्यक्ष निर्वाचित सांसदले चार करोड रुपैयाँ प्राप्त गर्दै आएकामा उक्त रकम बढाएर १० करोड पुर्याउन सांसदहरूले हस्ताक्षर संकलन जस्ता...