विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९को तेस्रो भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्ररूपमा बढ्दै गएपछि त्यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले १९ बुँदे आदेश जारी गरेको छ ।
कोभिड–१९को सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि–२०७८, सङ्क्रमण रोग ऐन–२०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा (६) को उपदफा (३) ले दिएको अधिकारी प्रयोग गरी आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी ...