काठमाण्डाै – काेभिड १९ (कोरोना भाइरस) काे रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साेमवार (आज) भर्चुअल माध्यममार्फत भएको प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको बताउनुभएको हो ।
यस्तै उहाँले कोरोनाविरुद्धको लडाइँका लागि विभिन्न देशबाट सहयोग आउने क्रम चलिरहेकाे बताउनुभयो । मन्त्री त्रिपाठीका अनुसार अमेरिका, स्पेन, स्विट्जरल्यान्ड, चीनलगायत देशबाट दुई अर्ब रुपैयाँ बराबरको...