पेटमा जुका पर्दा धेरै हैरानी खेप्नुपर्ने हुन्छ । जुकाका कारण पेट दुख्ने, पखाला लाग्ने, अपच हुने, बान्ता हुनेजस्ता समस्या देखिन्छ । यसले धेरैजसो बच्चा र वृद्ध उमेरका व्यक्तिलाई प्रभाव पार्छ । यद्यपि वयस्कहरुलाई पनि जुकाले नसताउने होइन । जुकाका प्रकार धेरै हुन्छन्, राउन्ड वर्मस, थ्रेड वर्मस, टेप वर्मस, पिन वर्मस, हुक वर्मस र जिआर्डिया । […]