काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खरानी पानीले ठूलठूला जुका मर्ने दाबी गरेका छन्।शनिबार प्रवासी नेपाली मञ्चको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो बाल्यकाल स्मरण गर्दै पानीमा खरानी घोलेर खाएमा ठूलठूला जुका मर्ने दाबी गरेका हुन्। धनी राष्ट्रहरूको प्रदूषणले नेपाल जस्तो देश र यहाँका हिमालहरूलाई असर पुर्याइरहेको सन्दर्भमा उनले यस्तो बताएका हुन्। जसरी खरानीमा जुका मार्न सक्ने शक्ति रहेको हुन्छ त्यसरी नै धनी राष्ट्रहरूको प्र