वर्षायाममा घाँस, झाडीमा पाइने परजिवी जुका मानिसको उपचारमा निकै प्रभावकारी हुने तथ्य पत्ता लागेसंगै पश्चिमी मुलुकहरमा जुका (लिच) थेरापीको माध्यमबाट रोगका उपचार गरिन्छ । नेपालमा पनि यस्तो विधि लामो समयदेखि चलिआएको भए पनि यसलाई प्रभावकारी रहेको ठान्नेहरुको संख्या कम छ । आजभोलि शरीरमा जुका लागेमा बाघले नै आक्रमण गरे जसरी तर्सने, उफ्रने मान्छेहरु नभएका हैनन, …