जुका मर्दै गएपछि लिच थेरापी प्रभावित

जुकालाई (लिच) चुसाएर उपचार गर्ने पद्धति प्रभावित भएको छ । उक्त विधि अपनाएर केही बिरामीको उपचार गरेपछि राम्रो प्रभाव देखिए पनि जुका मर्दै गएकाले प्रभावित भएको हो । गत वर्ष तनहुँमा सरुवा भएर आएको केही समयपछि भारतको मद्रासबाट पाँचवटा जुका तीन हजारका दरले किनेर उक्त विधिबाट उपचार थालिएको थियो । दमौलीको पानीमा अत्यधिक मात्रामा चुन मिसिएका कारण जुका मर्ने गरेकाले टिकाउन नसकिएको डा मण्डलले बताए । लिच थेरापी विधि नेपालको तुलनामा विदेशी मुलुकमा अझ बढी मात्रामा प्रयोगमा रहेको बताइएको छ । उक्त पद

सम्बन्धित सामग्री

जुकालाई चुसाउँदै, रोग निको पार्दै

तनहुँको व्यास नगरपालिका–११ पोल्याङका शङ्कर कैनी घाउ पाकेको बेला जुकालाई चुसाएर निको पार्नुहुन्छ । दूषित रगत (पिप) जुकाले चुसी दिने गरेकोले निको हुने गरेको कैनीले बताउनुभयो । सामान्य चोटपटक लाग्दा पनि गर्मी मौसममा पाक्ने समस्या हुन्छ त्यस्तो बेला जुका खाजेर चुसाउँछु अनि निको हुन्छ’ कैनीले भन्नुभयो । गर्मी मौसमा गाउँघरमा सहजै रुपमा जुका पाईन्छ । विशेष गरेर पानी परेको बेला जुका सक्रिय हुन्छ । मानिस तथा जनावरको रगत चुसेर जुका बाच्ने गर्छ । गाउँघरमा बिचमा काटियो भने पनि जुका मर्दैन एक भाई थिएँ दुई भाई भएँ भन्छ भन्ने प्रचलन छ । यही प्रचलनको कारण अगुल्टोको आगोमा पोलेर जुकालाई मार्ने गरिन्छ । सजिलैसँग पाइने जुका विभिन्न रोगको उपचारको लागि हितकारी हुने देखिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले जुकाको चुसाई (लिच थेरापी) माध्यमबाट समेत बिरामीहरुको उपचार गर्न थालिएको छ ।