जुकालाई टोकाएर गरिने उपचार पद्धति जलौका चिकित्सा

कतिपय बिरामीहरु सोध्नुहुन्छ मलाई त जंगलका जुकाहरुले धेरै पटक टोकेको छ त्यो टोक्नु पनि राम्रो हुन्छ? जंगलमा पाइने जुका र जलौकामा प्रयोग गरिने जुका फरक हुन्छ। जंगलमा पाइने जुका विषयुक्त अर्थात सविष जलौका हुन्। सविष भएकै कारणले जंगली जुकाले टोक्दा घाउ हुने लामो समयसम्म रक्तश्राब हुने चिलाऊने समस्या देखिन्छ।