एनाकोन्डा-२ चलचित्रमा कोल बुरिसको ढाडमा लागेका जुका झैं मोजा फुकाल्दा मेरो खुट्टामा जुका थिए। त्यो चलचित्रमा देखाएका जुका अलि विकासे थिए मेरो खुट्टामा लागेका स्थानीय साना, फरक त्यत्ति थियो। एक शुक्रबार साँझ मोबाइलको स्क्रिनमा औंला चलाइरहँदा ‘मनसुनको बेला घुम्नै पर्ने काठमाडौं नजिकका झरनाहरु’ भन्ने इन्स्टाग्राम पोस्टमा आँखा अडिए। झरनाहरु कुनै काभ्रे, कुनै ललितपुर, कुनै मकवानपुर […]