निजी क्षेत्रका समस्या बुझ्न उद्योगीकै दैलोमा पुग्यो रास्वपा, 'अर्थतन्त्रको आन्तरिक स्वास्थ्य चिन्ताजनक'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का प्रतिनिधिबीच अर्थतन्त्रको विद्यमान अवस्थाबारे छलफल भएको छ । महासंघ सचिवालय टेकुमा अर्थतन्त्रमा उत्पन्न समस्या एवं समाधानका उपायहरूका सम्बन्धमा भएको छलफलमा महासंघको टोलीले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिएपनि आन्तरिक  स्वास्थ्य राम्रो नभएको बताएको छ । छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सहित पदाधिकारीहरू र रास्वपाबाट संसदीय दलका नेता डोल प्रसाद अर्यालको नेतृत्वमा आएको सांसदहरूको टोली सहभागी थियो । सो अवसरमा अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा विस्तृत जानकारी गराउँदै बाह्य क्षेत्रमा केही सुधार देखिएपनि अर्थतन्त्रको आन्तरिक स्वास्थ्य भने चिन्ताजनक नै रहेको बताएका हुन् ।  सार्कमा कतिपय देशको तुलनामा विदेशी मुद्रा संचिति, मुद्रास्फिति, आन्तरिक एवं बाहय ऋणको अनुपातका हिसाबले नेपालको अर्थतन्त्र मजवुत देखिएपनि चर्को ब्याजदर, तरलता संकट, निर्माण क्षेत्रमा आएको सुस्तता लगायतका इन्डिकेटरका कारण अर्थतन्त्रको स्वास्थ्य चिन्ताजनक रहेको गोल्छाले बताए । अर्थतन्त्र गम्भीर संकटमा हुनुमा विशेष त सरकारको आर्थिक नीति र केन्द्रीय बैंकको मौद्रिक नीति बीच तादात्म्यता नमिल्नु नै मुख्य कारण रहेको पनि उनले जिकिर गरे । जसको परिणाम देशको अर्थव्यवस्था नै संकटउन्मुख रहेको गोल्छाको भनाइ थियो ।  कोभिड लगत्तै ओभर हिटेड भएको अर्थतन्त्रको सही विश्लेषण गरेर नीति लिनुपर्नेमा त्यसमा विचार नगरी अधिक तरलता छोड्दा अहिलेको समस्या आएको अध्यक्ष गोल्छाको दाबी छ । यसरी अर्थतन्त्रमा संकट आउँदा सरकार र निजी क्षेत्रले बाह्य लगानी र ऋण ल्याउन नसकेको उनले स्वीकारे । सरकार वितरणमुखी भैदिंदा अर्थतन्त्रमा समस्या आएको र विकास खर्च नबढेसम्म देश अगाडि नबढ्ने गोल्छाले ठोकुवा गरे ।  अहिलेको संकट समाधान गर्ने हो भने वितरणमुखी कार्यलाई रोकेर विकास खर्च बढाउनै पर्ने  र यसका लागि सरकारले कठोर निणर्य लिनुपर्ने उनको भनाइ थियो । अध्यक्ष गोल्छाले सहकारी तथा लघुवित्त संस्थाहरुको प्रभावकारी नियमन गर्ने इस्यूलाई संसदमा प्रभावकारी ढंगबाट उठाउन पनि सुझाव  दिए । महासंघले आगामी दश वर्षको मुलुकको अर्थतन्त्र १०० अर्ब डलर पुर्याउने, अतिरिक्त थप २२ लाख रोजगारी सृजना गर्ने लगायतका उद्देश्यले 'नेट २०३०' सार्वजनिक गरेको र त्यसको कार्यान्वयनका लागि सरकारको समेत प्रतिवद्धता आएकाले यसलाई सफल पार्न स्वतन्त्र पार्टीको पनि सहयोग महत्वपूणर् हुने उनले बताए । अध्यक्ष गोल्छाले विधायक र निजी क्षेत्र बीच अर्थतन्त्रका विषयमा निरन्तर छलफल अन्तरक्रिया आवश्यक रहेको परिप्रेक्षमा राष्टिय स्वतन्त्र पार्टीको यो प्रयासको प्रशंसा समेत गरे । उनले इस्यूमा आधारित छलफलहरु निरन्तर गर्न पनि सल्लाह दिए ।  राष्टिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता अर्यालले मुलुकको अर्थतन्त्र, उद्योग व्यवसायका इस्यूहरु माथि छलफल एवं अध्ययन गर्न महासंघमा आएको बताए ।  योजनागत विकासको दशकौ अभ्यास गदै आएपनि अहिले पनि हामी पिछडीएकै राष्टमा दरिनुपर्ने बाध्यता हाम्रा लागि दुर्भाग्य भएको भन्दै कसरी हामी विकासको मार्गमा हिड्न सक्छौं, समस्या कहां छ भन्ने सम्बन्धमा छलफल गर्न अर्थतन्त्रको इन्जिन निजी क्षेत्रको छाता संस्थामा आएको पौडेलको भनाइ थियो ।  छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन अपरिहार्य रहेको, अर्थतन्त्र, उद्योग व्यवसाय सम्बन्धी नीति निर्माण गर्दा सरोकारवाला निजी क्षेत्रसंग पर्याप्त छलफल पश्चात मात्र ल्याउने अभ्यास गर्नुपर्ने र मुलुक बनाउने कुरामा आफ्ना स्वार्थलाई छोडेर निणर्य गर्न सक्ने परिपाटी दलहरुमा बसाल्नुु पर्ने बताए ।  महासंघका उपाध्यक्ष रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनले उत्पादनमुलक उद्योगमै गएर उनीहरुका समस्या बुझेर संसदमा आवाज उठाई दिन रास्वपा सांसदलाई आग्रह गरेका थिए । पैसा बैंकमा जम्मा गरेर ब्याज खाने प्रवृति सरकारी निकायमा समेत रहेकाले अर्थतन्त्र समस्यामा पर्दै गएको उद्योगीहरूको भनाइ थियो । सो अवसरमा स्वतन्त्र पार्टीका सांसदहरुले निजी क्षेत्रका समस्या, उद्योग व्यवसाय सिथिल हुँदै जानुको कारण, श्रम बजारका समस्या, रोजगारीका अवसर सिर्जना, आयात निर्यात बीचको खाडल कम गर्न चाल्नु पर्ने उपाय, कृषि क्षेत्रको विकास, बाह्य लगानी आकर्षण गर्न गर्नुपर्ने प्रयास लगायतमा जिज्ञासा राखेका थिए । कार्यक्रमको समन्वय महासंघका महानिर्देशक गोकणर्राज अवस्थीले गरेका थिए ।

सम्बन्धित सामग्री

‘निजी स्वास्थ्य क्षेत्रका समस्या आगामी पञ्चवर्षीय योजनामा समेटिन्छ’

काठमाडौँ – निजी स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधानका उपाय आगामी पञ्चवर्षीय योजनामा समेटिने स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले बताएका छन्। नेपालका स्वास्थ्य क्षेत्रमा विद्यमान समस्या पहिचान एवं समाधानका उपाय विषयक एक सामाजिक संवाद कार्यक्रम उनले तत्काल समाधान गर्न सकिने समस्यालाई समाधानमा लैजाने र अन्य समस्या १६ औँ पञ्चवर्षीय योजनामा समेटेर समाधान गरिने प्रतिबद्धता जनाए। […]

स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव

सल्यान : सल्यानको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव भएको छ। गाउँपालिकाले खरिद गरेर पठाउनुपर्ने औषधि समयमै नपठाउँदा गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको हो।स्वास्थ्य संस्थामा पुगेका विरामीहरू औषधि नपाएर खाली हात फर्किन बाध्य छन्।मौसम परिवर्तनसँगै ज्वरो, पखाला लगायतका समस्या भएका बिरामी स्वास्थ्य संस्थामा जाने भए पनि जीवनजल समेत नहुँदा निजी मेडिकलबाट महँगो मूल्यमा किन्न बाध्य भएको स्थानीय रेमन्तजंग डाँगीले बताए। ५८ प्रकारका औषधि पाइनुपर

निजी क्षेत्रका समस्या संवादबाटै हल हुन्छ : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रो तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रका समस्या राज्यले द्विपक्षीय संवादद्वारा हल गर्ने विश्वास दिलाएकी छिन् । केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै मन्त्री भुसालले समग्र निजी क्षेत्रलाई विश्वासमा लिएर नै विकासका गतिविधि अगाडि बढाउने सरकारको नीति भएको बताएकी हुन्।“समग्र विकास राज्य, निजी क्षेत्र र सहकारीको परिचालनबाट गर्ने भनेर हामीले संविधानमै उल्लेख गरेका छौँ । त्यसको भरपर्दोरूपमा राज्यले अख्तियार गर्छ”, मन्त्री भुसालले भनिन्, “यहाँहरूका पेशागत जीवनमा परेका समस्यालाई राज्यले सकारात्मक ढङ्गले ग्रहण गर्नेछ ।”विश्वका विकसित मुलुक कल्याणकारी राज्य भएको तर हामीले अधिकार स्थापित गर्ने राज्यका रूपमा विकास गरेको उल्लेख गर्दै उनले भनिन्, “शिक्षा, स्वास्थ्य, रोजगार, आवास, खाद्यलगायत हकलाई मौलिक हका रूपपमा विकास गरेका छौँ ।” मन्त्री भुसालले सूचनासञ्चार क्षेत्रमा भएका विकास हामीले जीवन व्याहारमा अभ्यास गर्न पाएको अधिकारलाई कतै पनि न्यूनीकरण गर्न नहुने स्पष्ट पारिन् ।लामो सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक घणतन्त्रसम्म पुगेको उल्लेख गर्दै उनले राजनीतिक आन्दोनलाई निस्कर्षमा पु¥याउनेमात्र हाईन कार्यान्वयनको अवसरमा पाएकाले सबै क्षेत्रले त्यसलाई सहयोग गर्नुपर्नेमा जोड दिईन्। मन्त्री भुसालले भनिन्, “आन्दोलनबाट प्राप्त गरेको महत्वपूण हक सूचना र  सञ्चारको हो । यो अधिकार स्थापित गर्न सञ्चारकर्मीमा महत्वपूर्ण भूमिका रहेको छ ।” सबै क्षेत्रका जनताको सहयोगबाट अहिलेको राजनीतिक उपलब्धि प्राप्त गरेको उल्लेख गर्दै मन्त्री भुसालले संरक्षण र सम्बद्र्धन गर्ने दायित्व पनि सबैको भएको स्पष्ट पारेकी छिन्।कार्यक्रममा व्यावसायीले नेपाल विद्युत प्राधिकरणले पोलको भाडा बढाएको र राज्यका नीतिगत विषयले आफ्नो व्यवसाय अप्ठ्यारोमा परेको गुनासो गरेका थिए ।

अधिकांश निजी अस्पतालमा देखिए यी १० समस्या

सरकारले निजी अस्पतालहरुको अनुगमनका क्रममा अधिकांश अस्पतालमा मुख्य १० समस्या फेला पारेको छ। स्वास्थ्य सेवा विभागले ५१ देखि २०० शय्यासम्मका ८१ वटा अस्पतालको अनुगमन गरेको थियो।

स्वास्थ्यमा समस्या आएपछि पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।  स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ । अहिले उनको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएको समेत सचिवालयले जनाएको छ । यसअघि गत महिना उनलाई कोरोना संक्रमण देखिएको थियो भने केही समयको अस्पताल बसाईपछि निको भएको थियो ।

कोभिड दोश्रो लहर नियन्त्रणका लागि सरकार र उद्योगीलाई निजी क्षेत्रको अपील

कोभिड १९ को भिन्न भेरियन्ट सहित महामारीको दोस्रो लहरबाट सम्पूर्ण देश आक्रान्त भइ पूनः लकडाउनको स्थितिको सामना गरिरहेको छ । यो पटक विगतभन्दा तीव्र गतिमा संक्रमण बढ्नुका साथै बालबालीका तथा यवुाहरूमा समेत गम्भीर स्वास्थ्य समस्या सिर्जना हुने गरी मृत्यु नागरिकहरुको संख्या ह्वात्तै बढ्न गएकाले त्रासदिपूर्ण अवस्थाको सिर्जना भएको निजी क्षेत्रले जनाएको छ ।  देशभर स्वाथ्य सामाग्री, औषधोपचार, स्वाथ्यकर्मीहरुको अभाव खट्कदै गईरहेको छ भने लकडाउनसँगै आम नागरीकको जीवनयापन कठिन बन्दै जानुका साथै उद्योग व्यवसाय ताला लाग्ने प्रत्यक्ष अप्रत्यक्षरुप...

झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य छ : निजी सचिवालय

खनालको स्वास्थ्यमा गम्भीर समस्या भनी समाचार प्रकाशित भएपछि उनको सचिवनलयले विज्ञप्ति प्रकाशित गरी उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको हो।

‘पर्यटनका समस्या समाधान गर्न सरकार तयार’

कोभिड सङ्क्रमणका कारण पर्यटन क्षेत्रले बेहोर्नु परेको समस्या समाधानमा सरकार तयार रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले बताए । पर्यटन सम्बद्ध निजी क्षेत्रका सरोकारवालासँग आइतबार मन्त्रालयमा आयोजित अन्तरक्रियामा उनले राज्यले धान्न सक्ने अवस्थासम्म निजी क्षेत्रका समस्या समाधान गरिने बताए । कोभिडबाट सिर्जित समस्याका विषयमा सरकार पूर्ण जानकार रहेको भन्दै उनले यतिबेला मान्छेको जीवन जोगाउनु महत्वपूर्ण भएकाले कतिपय स्वास्थ्य प्रोटोकल पालना गर्नैपर्ने अवस्था रहेको बताए । मन्त्री ढकालले पर्यटकलाई अन अराइभल भिसा दि...

स्वास्थ्य समस्या बढेपछि पत्नीको उपचारका लागि प्रचण्ड मुम्बई जाने

काठमाडाैं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीतलाई उपचार गराउन भोलि (सोमबार) भारतको मुम्बई जाने भएका छन्।आज पेरिस डाँडामा बसेको नेकपा प्रचण्ड पक्षको स्थायी कमिटी बैठकमा उनले यसबारे जानकारी गराएका दाहालको निजी सचिवालयले जनाएको छ।प्रचण्डपत्नी सीतामा यसअघि पनि पटकपटक स्वास्थ्य समस्या देखिँदै आएको छ। यसअघि पनि धेरै पटक उनलाई विदेशमा उपचारका लागि लगिएको थियो।