स्वास्थ्यमा समस्या आएपछि पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।  स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ । अहिले उनको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएको समेत सचिवालयले जनाएको छ । यसअघि गत महिना उनलाई कोरोना संक्रमण देखिएको थियो भने केही समयको अस्पताल बसाईपछि निको भएको थियो । 

सम्बन्धित सामग्री

मोहन वैद्यको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन्। दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको बताइएको छ।

समाजवादीका महासचिव अस्पताल भर्ना

काठमाडौँ – एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसाल अस्पताल भर्ना भएका छन्। बुधबार आकस्मिक रुपमा स्वास्थ्यमा समस्या देखिएपछि भुसाल बासबारीस्थित न्यूरो अस्पताल भर्ना भएका हुन्। उनको सचिवालयका अनुसार उनको स्वास्थ्य परिक्षण भइरहेको छ।

सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना

काठमाडौँ – शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। शुक्रबार पिसाब र डेंगी संक्रमणका कारण जोशी ललितपुरस्थित किष्ट शिक्षण अस्पताल भर्ना भएका हुन्। अस्पतालले विज्ञप्ति जारी गर्दै संक्रमणसँगै कमजोर, खानामा अरुचि र अस्वस्थ महसुस भएको जनाएको छ। जोशीमा पुरानो र मुटुको समस्या पनि देखिएको कारण उनलाई हाल सुक्ष्म निगरानीमा राखिएको अस्पतालले […]

अनसनरत डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरियो

धनगढी – स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै तीन दिनअघि धनगढीमा अनसन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो। धनगढीस्थित गीता सत्संग समितिको धर्मशालामा अनसन बसेका केसीको बुधबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको वार्डमा सारिएको हो। केसीलाई सेती प्रादेशिक अस्पतालको छुट्टै वार्डमा राखेर उपचार थालिएको […]

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट अस्पताल भर्ना

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन्।  हिजो साझदेखि स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएक हुन्।

वरिष्ठ गीतकार थापा अस्पताल भर्ना

वरिष्ठ गीतकार राजेन्द्र थापा अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता प्रदीप गिरि अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता प्रदीप गिरि मेडिसिटी अस्पताल भर्ना भएका छन्।

सत्यमोहन जोशी किष्ट अस्पताल भर्ना

उनी यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि एकसाता अस्पताल भर्ना गरेर फागुन २ गते डिस्चार्ज भएका थिए।

कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना, श्वासप्रश्वासमा समस्या

स्वास्थ्यमा समस्या देखिएपछि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई फेरि अस्पताल भर्ना गरिएको छ

प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ