सल्यान : सल्यानको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव भएको छ। गाउँपालिकाले खरिद गरेर पठाउनुपर्ने औषधि समयमै नपठाउँदा गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको हो।स्वास्थ्य संस्थामा पुगेका विरामीहरू औषधि नपाएर खाली हात फर्किन बाध्य छन्।मौसम परिवर्तनसँगै ज्वरो, पखाला लगायतका समस्या भएका बिरामी स्वास्थ्य संस्थामा जाने भए पनि जीवनजल समेत नहुँदा निजी मेडिकलबाट महँगो मूल्यमा किन्न बाध्य भएको स्थानीय रेमन्तजंग डाँगीले बताए। ५८ प्रकारका औषधि पाइनुपर