कोभिड १९ को भिन्न भेरियन्ट सहित महामारीको दोस्रो लहरबाट सम्पूर्ण देश आक्रान्त भइ पूनः लकडाउनको स्थितिको सामना गरिरहेको छ । यो पटक विगतभन्दा तीव्र गतिमा संक्रमण बढ्नुका साथै बालबालीका तथा यवुाहरूमा समेत गम्भीर स्वास्थ्य समस्या सिर्जना हुने गरी मृत्यु नागरिकहरुको संख्या ह्वात्तै बढ्न गएकाले त्रासदिपूर्ण अवस्थाको सिर्जना भएको निजी क्षेत्रले जनाएको छ ।
देशभर स्वाथ्य सामाग्री, औषधोपचार, स्वाथ्यकर्मीहरुको अभाव खट्कदै गईरहेको छ भने लकडाउनसँगै आम नागरीकको जीवनयापन कठिन बन्दै जानुका साथै उद्योग व्यवसाय ताला लाग्ने प्रत्यक्ष अप्रत्यक्षरुप...