ललितपुरले ल्यायो ५ अर्ब १७ करोडको बजेट, पूर्वाधारमा ३९ प्रतिशत

९ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट ल्याएको छ । महानगरका मेयर चिरिबावु महर्जनले मंगलबार महानगरको नगरसभामा आगामी आर्थिक वर्षका लागि …

सम्बन्धित सामग्री

भरतपुर महानगरले ल्यायो पूरक बजेट

चितवन । भरतपुर महानगरपालिकाले पूरक बजेट ल्याएको छ । १२औं नगरसभामा महानगरले २५ करोड ९५ लाख ४१ हजार रुपैयाँको पूरक बजेट ल्याएको हो । शुक्रवार पूरक बजेट प्रस्तुत गर्दै उपमेयर चित्रसेन अधिकारीले यसबाट महानगरलाई थप दायित्व सृजना नहुने बताए । अख्तियारी रकम पर्याप्त नभएमा वा कुनै सेवा तथा क्षेत्रमा बढी खर्च गर्नुपरेमा स्थानीय तहले पूरक बजेट ल्याउन सक्ने व्यवस्था छ । पूरक बजेटमार्फत थप २४ नयाँ कार्यक्रम तथा शीर्षकहरूमा रकम छुट्ट्याइएको छ, जसअनुसार पशु विकास तथा दूध अनुदानमा १ करोड ९० लाख, विपन्न नागरिकको मिर्गौला रोग उपचार (डायलासिस सेवा)का लागि १ करोड ५० लाख, परियोजना बैंक तयारीका लागि ९३ लाख ४१ हजार, समपूरक साझेदारी कोषमा ५ करोड, विशेष आकस्मिक कोषमा ३ करोड, बेपत्ता तथा घाइते परिवारका लागि २० लाख, विपन्न आर्थिक सहायताका लागि ५ लाख, भरतपुर आँखा अस्पतालका लागि १ करोड, वडास्तरीय पार्क निर्माण (वडा नं १८)का लागि ३० लाख र एमआरसी सेन्टर स्थापनाका लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसैगरी स्मार्ट सिटीको गुरुयोजना निर्माणका लागि १ करोड, मागमा आधारित सडक तथा अन्य पूर्वाधार निर्माणका लागि ३ करोड, मागमा आधारित सडक ग्राभेलिङका लागि १ करोड र ह्युमपाइप खरीदका लागि ५० लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ । यसबाहेक अन्य कार्यक्रममा समेत बजेटको व्यवस्था गरिएको छ । ‘स्रोत सुनिश्चित गरेर योजना समयमै सम्पन्न गर्न पूरक बजेट ल्याएका हौं,’ उपमेयर अधिकारीले भने, ‘यसले समुन्नत र सुदृढ महानगर बनाउन सहयोग पुग्ने अपेक्षा छ ।’ पूरक बजेट ल्याएपछि अब महानगरको कुल बजेट ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४०० रुपैयाँ पुगेको छ । महानगरले चालू आर्थिक वर्षका लागि ५ अर्ब ८४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । पुस मसान्तसम्ममा चालूतर्फ ८८ करोड ६३ लाख १९ हजार र पूँजीगततर्फ ५३ करोड ८३ लाख १७ हजार खर्च भएको छ । महानगरले १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्ममा ३४ करोड २९ हजार रुपैयाँ अर्थात् २२ प्रतिशत मात्र संकलन भएको छ । नगरसभाले महानगरको विकासका कामलाई तीव्रता दिँदै आर्थिक गतिविधि चलायमान बनाउनेगरी भएका निर्णयहरू सर्वसम्मत अनुमोदन गरेको छ । नगरसभालाई सम्बोधन गर्दै मेयर रेनु दाहालले भरतपूरको विकासका लागि पार्टीभन्दा माथि उठेर आफूले विगतको कार्यकालमा काम गरेको र यो कार्यकालमा पनि निष्पक्ष रूपमा काम गर्ने बताइन् । करको दरभन्दा दायरा फराकिलो बनाई भरतपुरको आन्तरिक आम्दानी बढाउन सबै जनप्रतिनिधिको साथ र सहयोगको अपेक्षा समेत उनले गरिन् ।

भरतपुर महानगरपालिकाले ल्यायो ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाले आन्तरिक आयतर्फ १ अर्ब ५० करोड, (घरजग्गा रजिस्ट्रेसन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँडबाट प्राप्त आय समेत), अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९...

भरतपुर महानगरपालिकाले ल्यायो ५ अर्ब ७४ करोडको बजेट

काठमाण्डाै – भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजारको बजेट ल्याएको छ । उप–प्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त हुने अनुमान गरिएको छ । बजेटमा जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड तथा जिल्ला समन्वय समितिबाट ५ करोड...

भरतपुर महानगरले ल्यायो ५ अर्ब ७४ करोडको बजेट

भरतपुर महानगरपालिकाको ११औँ नगरसभामा ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरको बजेट पेस गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभासमक्ष आज सो बजेट प्रस्तुत गरेका हुन् ।

सेन्ट्रल फाईनान्सले सञ्चालनमा ल्यायो बिर्तामोड शाखा

चैत २०, काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा बिर्तामोड शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष  प्रकाश शिवाकोटीले गरेका हुन् ।उक्त शाखा कम्पनीको १६ औं शाखाको रुपमा सञ्चालनमा आएको हो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २५ वर्षदेखि बैंकिङ्ग सेवा दिंदै आएको कम्पनीको ललितपुरको कानदेवस्थानमा नवनिर्मित केन्द्रीय कार्यालय रहेको छ । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले छिट्टै नै रुपन्देहीको भैरहवामा नयाँ शाखा सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको  बताए ।  कम्पनीले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता बैंकिङ्ग सेवा दिंदै आएको छ । कम्पनीले विभिन्न शाखा कार्यालयहरुमा एटीएम पनि सञ्चालन गरिरहेको छ । उनले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप पनि सञ्चालनमा ल्याएको जानकारी दिंदै प्रविधिको उच्चतम प्रयोग गरी थप आधुनिक सेवा प्रदान गर्दै लैजाने पनि जानकारी दिएका छन् । कम्पनीको चुक्तापूँजी ९४ करोड ८८ लाख ७५ हजा रुपैयाँ रहेको र हाल निक्षेप ५ अर्ब ८४ करोड रुपैयाँ र कर्जा ५ अर्ब १४ करोड रुपैयाँ रहेको पनि उनले बताए ।

एफवान सफ्ट : जसले भुक्तानी प्रणालीमा नयाँ आयाम ल्यायो

राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा मात्रै १२ लाख ९३ हजार ३४९ वटा कारोबारबाट ५ अर्ब ५६ करोड रुपैयाँको भुक्तानी भएको छ । नेपालमा क्यूआर कोडबाट हुने भुक्तानीको ९९ प्रतिशत त ‘फोन पे’ एक्लैले आगेटको छ । अर्थात विद्युतीय भुक्तानीमा फोनले एकलौटी साम्राज्य चलाइरहेको छ ।

५ अर्ब लगानीमा गोल्यान समूहले सञ्चालनमा ल्यायो ५ तारे होटल 'हायात प्लेस'

काठमाडौंको सोल्टीमोडमा नयाँ पाँचतारे होटल हायात प्लेस सञ्चालनमा आएको छ । प्रतिष्ठित व्यवसायिक घराना गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो । होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो । तथापि, काठमाडौंमै रहेको अर्को होटल हायात रिजेन्सीको तुलनामा होटल हायात प्लेसको स्पेस केही सानो रहेको छ । तर नयाँ होटल अन्तर्राष्ट्रियस्तरकै रहेको कम्पनीको दाबी छ । १४ तला अग्लो विल्डिङ सहितको होटलमा तीन स्वीट्स रुमसहित ७ सिट आउट ट्यरिस् रुम र १५३ गेष्ट रुमहरु ...