सेन्ट्रल फाईनान्सले सञ्चालनमा ल्यायो बिर्तामोड शाखा

चैत २०, काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा बिर्तामोड शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष  प्रकाश शिवाकोटीले गरेका हुन् ।उक्त शाखा कम्पनीको १६ औं शाखाको रुपमा सञ्चालनमा आएको हो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २५ वर्षदेखि बैंकिङ्ग सेवा दिंदै आएको कम्पनीको ललितपुरको कानदेवस्थानमा नवनिर्मित केन्द्रीय कार्यालय रहेको छ । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले छिट्टै नै रुपन्देहीको भैरहवामा नयाँ शाखा सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको  बताए ।  कम्पनीले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता बैंकिङ्ग सेवा दिंदै आएको छ । कम्पनीले विभिन्न शाखा कार्यालयहरुमा एटीएम पनि सञ्चालन गरिरहेको छ । उनले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप पनि सञ्चालनमा ल्याएको जानकारी दिंदै प्रविधिको उच्चतम प्रयोग गरी थप आधुनिक सेवा प्रदान गर्दै लैजाने पनि जानकारी दिएका छन् । कम्पनीको चुक्तापूँजी ९४ करोड ८८ लाख ७५ हजा रुपैयाँ रहेको र हाल निक्षेप ५ अर्ब ८४ करोड रुपैयाँ र कर्जा ५ अर्ब १४ करोड रुपैयाँ रहेको पनि उनले बताए ।

सम्बन्धित सामग्री

सेन्ट्रल फाईनान्सको ११ % लाभांश पारित

माघ १, काठमाडौं । सेन्ट्रल फाईनान्स लिको २५ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट शेयरधनीहरुलाई ७ दशमलव ७ प्रतिशत बोनश शेयर र ३ दशमलव ३ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २४ वर्षदेखि बैंकिङ्ग सेवा दिंदै आएको कम्पनीले देशका विभिन्न भागमा १४ ओटा शाखा र भक्तपुरको सल्लाघारीमा एउटा एक्सटेन्सन काउण्टर सञ्चालन गरिरहेको र कम्पनीले छिट्टै नै झापाको बिर्तामोड र रुपन्देहीको भैरहवामा नयाँ शाखा सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले बताए । कम्पनीले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।  उनले साधारण सभाबाट पारित ७ दशमलव ७ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्तापूँजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ, निक्षेप ५ अर्ब ८२ करोड ५७ लाख ४८ हजार रुपैयाँ र कर्जा लगानी  ५ अर्ब १ करोड २२ लाख ६२ हजार रुपैयाँ रहेको बताए ।