काठमाण्डाै – भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजारको बजेट ल्याएको छ ।
उप–प्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
बजेटमा जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड तथा जिल्ला समन्वय समितिबाट ५ करोड...