छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित सडकमा बा.९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोकिएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ अत्तरखेल बस्ने २२ वर्षीय स्वछन्द पुडासैनीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-३ धोबिघाटस्थित सडकमा बा.४१ प ८४९४ नम्बरको मोटरसाइकल ...