छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।  काठमाडौं महानगरपालिका–११ थापाथलीमा बागमती प्रदेश–०२–०१९ प ३१९५ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा बरियारपुर घर भएका ४४ वर्षीय राम बाबुप्रसाद कुसहवा रहेका छन् । उनको आइतबार बिहान मृत्यु भएको हो ।  ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको ब्लुक्रस