काठमाडौं : देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो पटक धादिङ, बारा र धनुषामा भएका दुर्घटनामा चार जनाको ज्यान गएको हो। धादिङ : गल्छी नगरपालिका–७ भल्टारस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सिद्धलेख गाउँपालिका(६ बस्ने ४५ वर्षीय महलाल श्रेष्ठको सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको अम्बे भरोसा गल्छी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने