काठमाडौं : धादिङ्ग चितवन र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। धादिङ्गको गल्छी गाउँपालिका ७ भल्टारमा गएराती जिप र ट्रक आपसमा ठोकिँदा जिप चालकसहित दुई जनाको मृत्यु भएको छ। चालक दोलखाका अन्दाजी २५ वर्षीय प्रकाश नेपाली र परिचालक ठेगाना नखुलेका अन्दाजी १८ वर्षीय अनिस बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा गल्छि स्थित अम्बेभरोसा अस्पतालमा बुधबार बिहान सवा ३ बजे मृत्यु भएको प्रहरी चौकी गल्छीले जनाएको छ।चितवनबाट काठमाण्डौ आउँदै